ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीमा मन्त्री हेरफेरपछि एमालेभित्रै असन्तुष्टि, पराजुलीले सम्हालेनन् स्वास्थ्य मन्त्रालय


ABC NEWS
२ भदौ २०८३, मंगलबार   १० : १५   बजे

विराटनगर । कोशी प्रदेश सरकारमा मन्त्रीहरूको जिम्मेवारी हेरफेरपछि नेकपा एमालेभित्रको असन्तुष्टि कायमै देखिएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै जिम्मेवारी हेरफेर गरेपछि केही मन्त्रीले असन्तुष्टि जनाएका हुन्।

आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइए पनि उनी मंगलबार पदभार ग्रहण गर्न मन्त्रालय गएनन्। मुख्यमन्त्रीले आफूलाई जानकारी नदिई मन्त्रालय परिवर्तन गरेको भन्दै पराजुली असन्तुष्ट बनेका हुन्।

मन्त्रालय हेरफेरपछि अन्य नवनियुक्त मन्त्रीहरूले सोमबार नै पदभार ग्रहण गरेर काम सुरु गरे पनि पराजुली मंगलबार साँझसम्म स्वास्थ्य मन्त्रालय पुगेनन्। पराजुली मन्त्रालय नपुगेपछि स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका उमाकान्त गौतम पनि मन्त्रालय नगएको बताइएको छ।

पराजुलीले मन्त्रालय हेरफेर गर्नुअघि मुख्यमन्त्रीले आफूसँग कुनै परामर्श नगरेको बताएका छन्। सोमबार पदवहालीका क्रममा उनले आफूले कुन मन्त्रालयको जिम्मेवारी पाउने भन्ने विषयमा अन्तिम समयसम्म जानकारी नभएको बताएका थिए।

ओलीसँग असन्तुष्टि पोखे

मन्त्रालयको जिम्मेवारीप्रति असन्तुष्ट बनेका पराजुलीले मंगलबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर आफू अन्यायमा परेको गुनासो गरेको स्रोतको दाबी छ।

पराजुलीले आफूले चाहेको मन्त्रालय नपाएको भन्दै स्वास्थ्य मन्त्रालयमा हाजिर नहुनेबारे समेत ओलीलाई जानकारी गराएको बताइएको छ। ओलीले जुनसुकै मन्त्रालयको जिम्मेवारी भए पनि मन्त्रीका रूपमा काम गर्न सुझाव दिएपछि पराजुली केही नरम भएको स्रोतको भनाइ छ।

पराजुलीले स्वास्थ्य राज्यमन्त्री उमाकान्त गौतमलाई स्वास्थ्यमन्त्री बनाउनसमेत ओलीसमक्ष आग्रह गरेको बताइएको छ। तर, ओलीले यस विषयमा सकारात्मक प्रतिक्रिया नदिएको स्रोतले जनाएको छ।

पराजुली पूर्वमुख्यमन्त्री शेरधन राईनिकट नेता हुन्। यसअघि मुख्यमन्त्री कार्कीलाई हटाउने प्रयासमा उनी सक्रिय रहेको बताइँदै आएको छ।

शेरधन समूहको असन्तुष्टि कायमै

मन्त्रिपरिषद् हेरफेरपछि पनि एमालेभित्रको शेरधन राई समूह मुख्यमन्त्री कार्कीप्रति असन्तुष्ट रहेको नेताहरू बताउँछन्। सरकारलाई कमजोर बनाउने रणनीतिमा समूह सक्रिय रहेको उनीहरूको दाबी छ।

यसैबीच खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठकले पनि आफ्नो मर्यादाक्रम नयाँ मन्त्रीभन्दा तल राखिएको भन्दै असन्तुष्टि जनाएका थिए। शपथपछि मन्त्रालयबाट बाहिरिँदै गर्दा उनले असन्तुष्टि व्यक्त गरेका थिए।

मुख्यमन्त्री कार्कीका विश्वासपात्र प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले भने मन्त्रालय विभाजन र जिम्मेवारी हेरफेरबारे पार्टी अध्यक्ष ओलीलाई जानकारी गराएरै निर्णय गरिएको बताएका छन्।

‘व्यक्ति–व्यक्तिलाई जानकारी दिँदै हिँड्ने कुरा थिएन,’ भण्डारीले भने, ‘मुख्यमन्त्रीज्यूले जिम्मेवारी तोक्नुभएको विषयमा कसैलाई मन्त्रालय मन नपरे राजीनामा दिन पाइन्छ।’

कसलाई कुन जिम्मेवारी?

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार इन्द्रमणि पराजुलीलाई स्वास्थ्य, विदुरकुमार लिङ्थेपलाई आर्थिक मामिला तथा योजना, रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी, तिलचन पाठकलाई खानेपानी, सिँचाइ तथा ऊर्जा, खिनु लिम्बुलाई पर्यटन, वन तथा वातावरण र जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिएका छन्।

त्यस्तै, गम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन, गीता तिम्सिनालाई सामाजिक विकास, सपना परियारलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा नेकपा सहभागी भएपछि सोमबार मन्त्रिपरिषद् हेरफेर गरिएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Search and Rescue Intensified in Nepal’s Flood-Hit Rasuwa

Nepal Receives Bodies of Nine Flood Victims from India

Nepalese Leader Calls for National Consensus Post-Disaster

Venezuela Under Siege: Balancing Criticism with Solidarity

Extreme Heat Wave Sweeps Europe, Linked to Climate Change and Conflict

Uber Lays Off 3,300 Employees in Largest Cuts Since Pandemic

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu