ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपाकोट रिसोर्टको आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटल नियुक्त


ABC NEWS
२ भदौ २०८३, मंगलबार   १० : १५   बजे

काठमाडौं । रुपाकोट रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ।

रुपाकोट रिसोर्ट र एनआईसी एशिया क्यापिटलबीच आईपीओ निष्कासनका लागि आवश्यक परामर्श सेवा तथा अन्य सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो।

कास्कीको रुपा गाउँपालिका–६, मैदानमा अवस्थित रुपाकोट रिसोर्टले आगामी दिनमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी गरेको जनाएको छ। सोही प्रक्रियालाई अघि बढाउन एनआईसी एशिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिइएको हो।

पोखराको रुपाकोट क्षेत्रमा रहेको रिसोर्ट प्राकृतिक सौन्दर्य, शान्त वातावरण तथा हिमाली दृश्यावलोकनका लागि परिचित रहेको कम्पनीले जनाएको छ। रिसोर्टबाट रुपा र बेगनास तालको मनोरम दृश्यसमेत अवलोकन गर्न सकिन्छ।

रिसोर्टले पोखरा उपत्यकाको पर्यटन सम्भावनालाई ग्रामीण तथा प्राकृतिक पर्यटनसँग जोड्दै रुपाकोटलाई उच्चस्तरीय आतिथ्य, प्रकृति अवलोकन र विश्रामको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य राखेको जनाएको छ।

रिसोर्टमा आवास, भोजन, मनोरञ्जन, विश्राम तथा विभिन्न कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार रहेको बताइएको छ। पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सम्मेलन, विवाह तथा विशेष समारोहका लागि समेत रिसोर्ट उपयुक्त रहेको कम्पनीको दाबी छ।

एनआईसी एशिया क्यापिटलले ‘आइडिया टू आईपीओ’ सेवामार्फत निजी कम्पनीलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गरी सर्वसाधारणका लागि सेयर निष्कासन प्रक्रियामा आवश्यक परामर्श तथा सहजीकरण गर्दै आएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

एनसेलका विगतका विवाद कानुनअनुसार निरुपण हुन्छन् : सञ्चारमन्त्री तिमिल्सिना

लगानी र व्यवसायिक विश्वास बढाउन निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

बाढीले पुल बगाएपछि तुइनको सहारामा स्थानीयवासी

आशिकाको व्यवहारप्रति रास्वपाकै सांसदको आपत्ति, आचरण सच्याउन सुझाव

स्याङ्जामा साउनमा २४ अपराधका मुद्दा दर्ता, १९ जना पक्राउ

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu