ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनसेलका विगतका विवाद कानुनअनुसार निरुपण हुन्छन् : सञ्चारमन्त्री तिमिल्सिना


ABC NEWS
२ भदौ २०८३, मंगलबार   १० : १५   बजे

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवा प्रदायकले कानुनी तथा नियामकीय व्यवस्थाअनुसार स्वच्छ र व्यावसायिक रूपमा काम गर्नुपर्ने बताएका छन्।

मंगलबार सञ्चार मन्त्रालयमा एनसेल आजियाटा लिमिटेडका प्रतिनिधिसँगको भेटमा मन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्रलाई पारदर्शी, स्वच्छ र स्वस्थ प्रतिस्पर्धामा आधारित बनाउन सरकार प्रतिबद्ध रहेको बताए।

उनले सञ्चार मन्त्रालयका लागि सबै सेवा प्रदायक समान रहेको उल्लेख गर्दै कानुनअनुसार सञ्चालन हुने कम्पनीलाई सरकारले आवश्यक सहयोग गर्ने स्पष्ट पारे।

‘एनसेलले स्वच्छ प्रतिस्पर्धा गर्ने र विगतमा भएका कमीकमजोरी पनि सच्याउने प्रतिबद्धतासहित आउनुपर्छ । कानुनअनुसार काम गर्ने कम्पनीलाई सरकारले समान व्यवहार गर्छ,’ उनले भने।

मन्त्री तिमिल्सिनाले एनसेलसँग जोडिएका विगतका विवाद तथा कानुनी प्रश्नको पारदर्शी ढंगले निरुपण हुने बताए। आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले आफ्नो कार्यशैली सुधार गर्नुपर्नेमा उनले जोड दिए।

दूरसञ्चार क्षेत्रमा स्वच्छ र स्वस्थ इकोसिस्टम निर्माणका लागि सरकार तथा नियामक निकाय तयार रहेको भन्दै उनले सेवा प्रदायकलाई पनि समन्वयात्मक रूपमा अघि बढ्न आग्रह गरे।

उनले एनसेलका विगतका विवादको निरुपण तथा लाइसेन्स अवधि सकिएपछिको स्वामित्व हस्तान्तरणसम्बन्धी प्रक्रिया विद्यमान कानुन र विधिअनुसार नै अघि बढ्ने स्पष्ट पारे।

भेटमा मन्त्रालयका सहसचिवद्वय उदयबहादुर रानामगर र गौरव गिरी तथा कानुन शाखाका उपसचिव राजेशकुमार थापा सहभागी थिए।

एनसेलका चिफ रेगुलेटरी एन्ड कर्पोरेट सर्भिसेज अफिसर डिल्लीराम श्रेष्ठले कम्पनीको सेवा तथा व्यावसायिक प्रणाली सुधारका लागि विभिन्न काम अघि बढाइएको जानकारी दिए।

उनका अनुसार कम्पनीले सब्सक्रिप्सन मोडल सुधार, ‘पे एज यु गो’ प्रणाली लागू गर्ने तथा फाइभजी सेवा सुरु गर्ने सरकारी पहललाई सकारात्मक रूपमा लिएको छ।

श्रेष्ठले कम्पनीले स्वच्छ प्रतिस्पर्धा गर्ने र विगतका कमीकमजोरी सच्याउँदै आगामी दिनमा सुधारसहित अघि बढ्ने प्रतिबद्धता जनाएको बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

लगानी र व्यवसायिक विश्वास बढाउन निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

रुपाकोट रिसोर्टको आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटल नियुक्त

बाढीले पुल बगाएपछि तुइनको सहारामा स्थानीयवासी

आशिकाको व्यवहारप्रति रास्वपाकै सांसदको आपत्ति, आचरण सच्याउन सुझाव

स्याङ्जामा साउनमा २४ अपराधका मुद्दा दर्ता, १९ जना पक्राउ

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu