ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोको जोखिम बढेपछि टोखा–छहरे सडकमा राति सवारी बन्द


ABC NEWS
३ भदौ २०८३, बुधबार   ७ : १५   बजे

नुवाकोट । लगातारको वर्षाका कारण टोखा–छहरे सडकखण्डमा पहिरो, लेदो र गेग्रान खस्ने जोखिम बढेपछि नुवाकोट जिल्ला प्रशासन कार्यालयले रातिको समयमा सवारी आवागमन बन्द गरेको छ।

जिल्ला प्रशासनले भदौ १ गते रातिदेखि लागू हुने गरी हरेक दिन राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो। यो व्यवस्था अर्को सूचना जारी नभएसम्म कायम रहनेछ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोट हुँदै धादिङ तथा चीनसँगको उत्तरी नाका रसुवागढीसम्म जोडिने प्रमुख सडकमा वर्षाका कारण जोखिम बढेको छ।

विशेषगरी शिवपुरी गाउँपालिका–८ स्थित घट्टेखोला आसपासको टोखा–छहरे सडकखण्डमा वर्षाका कारण लेदो, पहिरो तथा गेग्रान खस्ने सम्भावना बढेपछि यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै रातिको समयमा आवागमनमा रोक लगाइएको हो।

आकस्मिक सवारीलाई भने छुट

प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ। एम्बुलेन्स तथा अन्य अत्यावश्यक र आकस्मिक सेवाका सवारीसाधनलाई भने आवश्यक समन्वय र सुरक्षासहित सञ्चालन गर्न दिइनेछ।

उनले वर्षाको समयमा सडकको अवस्था जुनसुकै बेला जोखिमपूर्ण बन्न सक्ने भएकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र रातिको समयमा यात्रा नगर्न सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित सबैलाई प्रशासनले आग्रह गरेको छ।

सडकको अवस्था जोखिमपूर्ण

जिल्ला प्रहरी कार्यालय नुवाकोटले पनि वर्षा जारी रहेकाले सडक तथा मौसमको अवस्था अझै जोखिमपूर्ण रहेको जनाएको छ। प्रहरीले प्रशासनले जारी गरेको सवारी आवागमनसम्बन्धी निर्णय कार्यान्वयनमा सहयोग गर्न तथा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

प्रशासनका अनुसार सडकमा पहिरो तथा गेग्रान खस्ने क्रम बढेमा आवागमनसम्बन्धी निर्णय थप कडा बनाउन सकिनेछ।

विपद्सम्बन्धी जानकारी तथा आकस्मिक सहयोग आवश्यक परेमा जिल्ला प्रहरी कार्यालय नुवाकोटको १००, सशस्त्र प्रहरी बलको १११४ तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४ मा सम्पर्क गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नौ सशस्त्र प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने तयारी

अग्रगामी मोर्चाको निर्णय : प्रदेश निर्वाचनसम्म सरकारमा सहभागी नहुने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepali Youths Driven by Ambition Face Pressure to ‘Hustle’

Yartung Festival Celebrates Mustang’s Cultural Heritage and Harvest

US and Canada Reach Trade Deal, Averting Tariffs

Nepal Prioritizes Diplomatic Competence Amidst Shifting Global Landscape

Nepal’s New Government Faces High Expectations to Improve Quality of Life

नौ सशस्त्र प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu