ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी तथा लघुवित्तपीडितको पाँच दिनदेखि धर्ना, संयुक्त राष्ट्र संघलाई गुहार


ABC NEWS
३ भदौ २०८३, बुधबार   ७ : १५   बजे

काठमाडौं । सहकारी तथा लघुवित्तपीडितले आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब बढाउँदै पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको प्राङ्गणमा पाँच दिनदेखि धर्ना जारी राखेका छन्।

नागरिक बचाऔँ महाअभियानको नेतृत्वमा आन्दोलनरत पीडितहरूले आफूहरूका समस्या समाधानका लागि सरकार गम्भीर नभएको आरोप लगाउँदै संयुक्त राष्ट्र संघको समेत ध्यानाकर्षण गराएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफूहरूका माग बेवास्ता गरेको भन्दै पीडितहरूले धर्नास्थलबाटै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई सम्बोधन गर्दै प्लेकार्ड प्रदर्शन गरेका छन्।

धर्नास्थलमा ‘बालेनले हामीलाई सुनेनन्, एन्टोनियो गुटेरेस तिमीले हाम्रो दुःख–पीडा सुनिदेऊ’ र ‘हाम्रो घर छैन, परिवार छैन, नेपालले देखेन, संयुक्त राष्ट्र संघले देखोस् हाम्रो पीडा’ लगायतका नारासहितका प्लेकार्ड राखिएका छन्।

पुरानो सहमति कार्यान्वयनको माग

पीडितहरूले २०८२ माघमा तत्कालीन सरकारसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने मुख्य माग अघि सारेका छन्।

उनीहरूले आफूहरूको समस्या समाधानका लागि विगतमा सरकारसँग सहमति भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन्। सहकारी तथा लघुवित्त संस्थामा बचत तथा ऋणसम्बन्धी समस्याबाट प्रभावित नागरिकको समस्या समाधान गर्न तत्काल ठोस कदम चाल्नुपर्ने उनीहरूको माग छ।

पीडितहरूले गत साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझाएकै दिनदेखि आयोगको कार्यालय परिसरबाहिर धर्ना सुरु गरिएको आन्दोलनकारीले बताएका छन्।

सरकारप्रति आक्रोश

आफ्ना समस्या समाधानका लागि पटक–पटक पहल गर्दा पनि सरकारले बेवास्ता गरेको भन्दै पीडितहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

उनीहरूले सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समस्या केवल आर्थिक विषय नभई हजारौँ नागरिकको परिवार, सम्पत्ति र जीवनसँग जोडिएको विषय भएकाले राज्यले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।

पीडितहरूले तत्कालीन सरकारसँग भएको सहमति कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने संकेतसमेत दिएका छन्। साथै, नेपालमा आफ्नो आवाज नसुनिएको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकार निकायको ध्यानाकर्षण गराउने प्रयासलाई समेत अघि बढाएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नौ सशस्त्र प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने तयारी

अग्रगामी मोर्चाको निर्णय : प्रदेश निर्वाचनसम्म सरकारमा सहभागी नहुने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepali Youths Driven by Ambition Face Pressure to ‘Hustle’

Yartung Festival Celebrates Mustang’s Cultural Heritage and Harvest

US and Canada Reach Trade Deal, Averting Tariffs

Nepal Prioritizes Diplomatic Competence Amidst Shifting Global Landscape

Nepal’s New Government Faces High Expectations to Improve Quality of Life

नौ सशस्त्र प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu