ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा, प्रभुको एनपीएल १५ प्रतिशतभन्दा माथि


ABC NEWS
३ भदौ २०८३, बुधबार   ९ : ५५   बजे

काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रमा खराब कर्जा (एनपीएल)को दबाब बढ्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार केही वाणिज्य बैंकमा खराब कर्जा दोहोरो अंकमा पुगेको छ भने अधिकांश बैंकको एनपीएल पाँच प्रतिशतभन्दा माथि देखिएको छ ।

प्रभु बैंकको खराब कर्जा सबैभन्दा उच्च १५.५५ प्रतिशत पुगेको छ । त्यस्तै एनआईसी एसियाको ९.२६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.६६ प्रतिशत, हिमालयन बैंकको ७.९६ प्रतिशत र कुमारी बैंकको ७.४६ प्रतिशत रहेको छ ।

बैंकिङ क्षेत्रमा खराब कर्जा बढ्नुको प्रमुख कारण अर्थतन्त्र अपेक्षित रूपमा चलायमान हुन नसक्नु रहेको विज्ञहरूको भनाइ छ । कोभिड–१९ पछिको आर्थिक सुस्तता, विभिन्न आन्दोलन तथा त्यसबाट भएको भौतिक क्षति र लगानीकर्तामा देखिएको कमजोर आत्मविश्वासले व्यवसायिक गतिविधिमा असर पारेको उनीहरूको तर्क छ ।

पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीका अनुसार बजारमा माग कमजोर हुँदा व्यवसायीहरू नयाँ उत्पादन तथा लगानीका लागि थप कर्जा लिन हिच्किचाइरहेका छन् । निक्षेपको ब्याजदर घटे पनि त्यसअनुसार उपभोक्ताको क्रयशक्ति र बजारको माग बढ्न नसक्दा व्यवसायीलाई ऋणको किस्ता तिर्नसमेत कठिन भएको उनको भनाइ छ ।

सहकारी क्षेत्रमा सर्वसाधारणको ठूलो रकम फसेका कारण पनि बजारमा नगद प्रवाह कमजोर भएको विज्ञहरू बताउँछन् । घरजग्गा कारोबारमा आएको मन्दीले समेत अर्थतन्त्रका धेरै क्षेत्र प्रभावित भएका छन् ।

घर तथा हाउजिङ निर्माण सुस्त हुँदा इँटा, ढुंगा, बालुवा, गिटी, रोडा, डन्डी, सिमेन्ट, प्लम्बिङ, विद्युतीय सामग्री, हार्डवेयर, काठ, झ्याल–ढोका तथा रङरोगनलगायतका व्यवसायमा असर परेको छ । उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा लगानी र रोजगारीमा समेत असर परेको व्यवसायीहरूको भनाइ छ ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले अर्थतन्त्र अझै पूर्ण रूपमा चलायमान हुन नसकेको बताएका छन् । बैंकर्सहरूका अनुसार बजारबाट कर्जा असुलीमा समस्या देखिएपछि एनपीएलसँगै कर्जा नोक्सानीबापतको प्रोभिजनिङ पनि बढेको छ ।

ग्लोबल आइएमई बैंकले मात्रै चार अर्ब ७२ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ । प्रोभिजनिङ बढ्दा बैंकको वितरणयोग्य नाफा र लाभांश क्षमता प्रभावित हुने गरेको बैंकर्सहरू बताउँछन् ।

वाणिज्य बैंकहरूमध्ये एभरेस्ट बैंकको खराब कर्जा सबैभन्दा कम ०.४९ प्रतिशत रहेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको २.०३ प्रतिशत, सानिमा बैंकको २.८७ प्रतिशत र नेपाल एसबीआई बैंकको २.९२ प्रतिशत खराब कर्जा छ ।

त्यस्तै प्राइम बैंकको ६.६९ प्रतिशत, सिटिजन्स बैंकको ५.८८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.२३ प्रतिशत, ग्लोबल आइएमई बैंकको ४.९६ प्रतिशत, नबिल बैंकको ४.१० प्रतिशत र नेपाल बैंकको ४.१८ प्रतिशत खराब कर्जा रहेको छ ।

पूर्वबैंकर परशुराम कुँवर क्षेत्रीका अनुसार अर्थतन्त्रको कमजोर अवस्थाले बैंकहरूको कर्जा असुली चुनौतीपूर्ण बनेको छ । खराब कर्जा बढेसँगै बैंकहरूले कर्जा नोक्सानी व्यवस्थाका लागि थप रकम छुट्याउनुपर्ने भएकाले नाफामा प्रत्यक्ष असर परेको उनको भनाइ छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माका अनुसार बैंकले ऋण पोर्टफोलियोको समीक्षा गर्दा सम्भावित जोखिमअनुसार थप प्रोभिजनिङ गर्नुपरेको हो । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले पनि बैंकहरू पछिल्लो समय कर्जा असुलीमा केन्द्रित हुन थालेको बताएका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको औसत खराब कर्जा पनि पछिल्ला वर्षहरूमा निरन्तर बढेको छ । आर्थिक वर्ष २०७९/८० मा २.९८ प्रतिशत रहेको औसत एनपीएल २०८१ असारमा ३.७६ प्रतिशत पुगेको थियो । २०८२ चैतसम्म ५.४१ प्रतिशत पुगेको खराब कर्जा २०८३ असारमा ५.४३ प्रतिशत पुगेको छ ।

विकास बैंक र वित्त कम्पनीहरूमा समेत खराब कर्जाको अनुपात उच्च रहेको छ । बैंकिङ क्षेत्रको बढ्दो एनपीएलले समग्र वित्तीय प्रणालीमा कर्जा असुली, लगानी विस्तार र आर्थिक गतिविधि चलायमान बनाउने चुनौती थपिएको देखिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu