काठमाडौं । कर्णाली नदीले बुधबार बिहान सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहान ९:०५ बजेको मापनमा अछामस्थित जलमापन केन्द्रमा कर्णाली नदी (बेनीघाट) को जलसतह सतर्कता तहभन्दा माथि पुगेको हो।
महाशाखाका अनुसार नदीको जलसतह निरन्तर बढिरहेको छ। यससँगै तल्लो तटीय क्षेत्र तथा नदी आसपासका डुबानको जोखिम भएका स्थानमा बाढीको जोखिम बढेको छ।
महाशाखाले नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई बुधबार बेलुकासम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढीबाट क्षति हुनसक्ने सम्भावना रहेकाले सुरक्षित स्थानमा रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
महाशाखाले कर्णाली नदीको जलसतह निरन्तर निगरानी गरिरहेको जनाएको छ। नदीको अवस्था र जोखिमबारे आवश्यक सूचना समय–समयमा सार्वजनिक गरिने महाशाखाले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्