ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस महाधिवेशनको मिति यथावत्, तल्लो तहका अधिवेशनको तालिका फेरियो


ABC NEWS
३ भदौ २०८३, बुधबार   १२ : ३५   बजे

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै हुने भएको छ। तर, वर्षात्का कारण तल्लो तहका अधिवेशन प्रभावित हुन सक्ने भन्दै केन्द्रीय निर्वाचन समितिले विभिन्न तहको निर्वाचन कार्यतालिका परिमार्जन गरेको छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जारी गरेको विज्ञप्तिअनुसार केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा यथावत् हुनेछ। त्यसअघि सम्पन्न गर्नुपर्ने वडा, गाउँ/नगर, प्रदेश सभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनको मिति भने पुनः निर्धारण गरिएको छ।

निर्वाचन समितिले प्रतिकूल मौसमका कारण अधिवेशनमा पर्न सक्ने असर कम गर्न तथा पार्टीभित्र व्यापक सहभागिता, संवाद र सहमतिको वातावरण बनाउन कार्यतालिका संशोधन गरिएको जनाएको छ।

भदौ २४ देखि वडा अधिवेशन

संशोधित कार्यतालिकाअनुसार भदौ २४ गते देशभरका ६ हजार ७ सय ४३ वडामा अधिवेशन हुनेछ। वडा अधिवेशनबाटै क्षेत्रीय प्रतिनिधिसमेत चयन गरिनेछ।

त्यसपछि भदौ २७ गते गाउँपालिका तथा नगरपालिकाको अधिवेशन हुनेछ। भदौ ३१ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न गरिनेछ भने असोज ३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा सोही दिन जिल्ला अधिवेशन पनि सम्पन्न गर्ने कार्यतालिका छ। यसै दिन महाधिवेशन प्रतिनिधि चयन तथा सम्बन्धित कार्यसमितिको निर्वाचन गरिनेछ।

असोज ७ मा जिल्ला, १० मा प्रदेश अधिवेशन

संशोधित तालिकाअनुसार असोज ७ गते जिल्ला अधिवेशन र असोज १० गते प्रदेश अधिवेशन सम्पन्न हुनेछ।

त्यसपछि कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६, १७, १८ र १९ गते काठमाडौंमा आयोजना हुनेछ। यसरी तल्लो तहदेखि प्रदेशसम्मका अधिवेशन सम्पन्न गर्दै केन्द्रीय नेतृत्व चयनको प्रक्रियालाई अघि बढाउने तयारी कांग्रेसको छ।

निर्वाचन प्रतिनिधिलाई तालिम

निर्वाचन समितिले महाधिवेशन प्रक्रिया व्यवस्थित बनाउन निर्वाचन प्रतिनिधि तथा अधिकृतलाई अभिमुखीकरण दिने कार्यक्रमसमेत तय गरेको छ।

भदौ २ देखि १० गतेसम्म निर्वाचन प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइनेछ। भदौ ११ गते निर्वाचन अधिकृतलाई जिल्लामा खटाइनेछ भने भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि पठाइनेछ।

त्यसैगरी, भदौ १६ देखि २० गतेसम्म वडा तहमा अभिमुखीकरण तालिम सञ्चालन गरिनेछ। बाँकी रहेका नेपाली जनसम्पर्क समितिका अधिवेशन पनि भदौ मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ।

सर्वोच्चको फैसलालाई आधार

कांग्रेस केन्द्रीय कार्यसमितिको साउन २४ देखि भदौ १ गतेसम्म बसेको बैठकले संविधान, प्रचलित कानुन, पार्टी विधान तथा सर्वोच्च अदालतको वैशाख ४ गतेको फैसलालाई आधार बनाएर महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।

सोही निर्णयका आधारमा केन्द्रीय निर्वाचन समितिले संशोधित निर्वाचन क्यालेन्डर सार्वजनिक गरेको हो।

नेतृत्व चयनको बाटो खुला

महाधिवेशनको मूल मिति नबदलिएकाले कांग्रेसभित्र अब नेतृत्व चयनको तयारी थप तीव्र हुने भएको छ। तल्लो तहका अधिवेशनसँगै क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले आगामी नेतृत्वको समीकरण पनि यही चरणबाट आकार लिनेछ।

यसर्थ, कार्यतालिका संशोधनलाई केवल प्राविधिक तयारीका रूपमा मात्र नभई कांग्रेसभित्र आगामी नेतृत्वका लागि शक्ति–सन्तुलन निर्माण हुने महत्त्वपूर्ण चरणका रूपमा समेत हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Uber Lays Off 3,300 Employees in Largest Cuts Since Pandemic

US Oil Giant Chevron to Expand Venezuela Operations

Families Search for Answers a Year into Trump’s Boat Strike Campaign

Brazilian Activist Demands Release of Tunisian Colleagues Detained for Gaza Aid Mission

1,204 Bodies Retrieved After Bhotekoshi Flood Disaster

Court Rules Dismissal of Bergdahl’s Conviction Was Invalid

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu