ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओस्कारमा नेपालको प्रतिनिधित्वका लागि चलचित्र छनोट प्रक्रिया सुरु, भदौ २२ सम्म आवेदन


ABC NEWS
३ भदौ २०८३, बुधबार   १ : १५   बजे

काठमाडौँ — ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार) को ‘इन्टरनेसनल फिचर फिल्म’ विधामा नेपालको प्रतिनिधित्व गर्ने चलचित्र छनोट प्रक्रिया सुरु भएको छ।

नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समितिले मापदण्ड पूरा गरेका नेपाली चलचित्रलाई भदौ २२ गतेसम्म आवेदन दिन आह्वान गरेको छ। समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले जारी गरेको सूचनामा तोकिएको समयभित्र काठमाडौँस्थित समितिको सचिवालयमा चलचित्र दर्ता गराउन आग्रह गरिएको छ।

ओस्कारको प्रतिस्पर्धामा सहभागी हुन चलचित्रले नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समितिबाट प्रमाणीकरण पाएको हुनुपर्नेछ। साथै, २०८२ असोज १५ देखि २०८३ असोज १४ गतेसम्म नेपालका व्यावसायिक सिनेमा घरमा प्रदर्शन भएको हुनुपर्नेछ।

चलचित्र लगातार कम्तीमा सात दिन व्यावसायिक रूपमा प्रदर्शन भएको हुनुपर्नेछ। अमेरिका र उसका भूभागबाहेक अन्य देशका व्यावसायिक सिनेमा घरमा टिकट बिक्रीसहित लगातार सात दिन प्रदर्शन भएका चलचित्रलाई पनि यो मापदण्डमा समेटिनेछ। उक्त सर्त पूरा नभए ओस्कारले मान्यता दिएका आधिकारिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘क्वालिफाइङ अवार्ड’ जितेको चलचित्रले पनि प्रतिस्पर्धा गर्न पाउनेछ।

टेलिभिजन, भीओडी, डीभीडी, इन्टरनेट स्ट्रिमिङ वा एयरलाइन इन्टरटेनमेन्टमार्फत पहिलोपटक सार्वजनिक भएका चलचित्र भने छनोटका लागि योग्य हुने छैनन्।

छनोटका लागि निर्देशक, लेखक वा निर्मातामध्ये कम्तीमा एक जना नेपाली नागरिक हुनुपर्नेछ। चलचित्रमा नेपाली परिवेश र तत्त्व झल्किएको हुनुपर्ने तथा ५० प्रतिशतभन्दा बढी संवाद नेपाली भाषामा हुनुपर्ने प्रावधान छ। चलचित्रमा स्पष्ट बुझिने अंग्रेजी सबटाइटलसमेत अनिवार्य गरिएको छ।

छनोटमा परेको चलचित्रले ओस्कारका प्राविधिक मापदण्डसमेत पूरा गर्नुपर्नेछ। भिडियो ३५ वा ७० एमएम फिल्म अथवा न्यूनतम २०४८×१०८० पिक्सेल रिजोलुसनको २४ वा ४८ फ्रेमको डीसीपी फर्म्याटमा उपलब्ध हुनुपर्नेछ। अडियो ५.१ वा ७.१ च्यानलमा हुनुपर्नेछ।

इच्छुक निर्माताले अनलाइन आवेदन फारम भरी आवश्यक कागजात तथा सामग्रीसहित समितिको सचिवालयमा सम्पर्क गर्न सक्नेछन्। थप नियम तथा प्राविधिक मापदण्ड ओस्कारको आधिकारिक वेबसाइटमा उपलब्ध हुने समितिले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

इरानको चेतावनी : ‘अमेरिकी सेनालाई सहयोग गर्ने खाडी मुलुक अमेरिकाको हमलामा सहभागी मानिनेछ’

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

सम्बन्धित

अमरेन्द्र यादवलाई धम्की आएको दाबीपछि सूर्य थापाको प्रतिक्रिया : ‘आश्चर्य लाग्यो’

‘ऊनको स्वीटर’को सिक्वेलमा बलिउड अभिनेता पियूष मिश्राको अभिनय

‘द राइज अफ साम्राज्य’मा विजय बराल अनुबन्ध

‘मास्टर्नी’को अग्रिम टिकट बिक्री खुला, ‘ए’ श्रेणीमा वर्गीकृत

बलिउड गायक नवजोत आहुजा पहिलोपटक नेपालमा, आज ठमेलमा प्रस्तुति दिँदै

शाहरुखको ‘मन्नत’मा दुई सर्प भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu