ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुखको निर्णयमाथि कमलबहादुर शाहको प्रश्न : ‘विश्वासको मत प्रभावित पार्न देउवालाई पदमुक्त गरियो’


ABC NEWS
३ भदौ २०८३, बुधबार   २ : ३५   बजे

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाका सभामुख भीम भण्डारीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। अमेरिकामा रहेका कांग्रेस प्रदेशसभा सदस्य प्रकाश देउवालाई सभामुख भण्डारीले पदमुक्त गरेपछि शाहले उक्त निर्णय पूर्वाग्रही र बदनियतपूर्ण भएको आरोप लगाएका हुन्।

बुधबार पत्रकारहरूसँग कुरा गर्दै शाहले सभामुखले प्रदेशसभाको निष्पक्ष नेतृत्व गर्नुपर्ने संवैधानिक दायित्वविपरीत दलगत राजनीतिक प्रभावमा निर्णय गरेको दाबी गरे। उनका अनुसार मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत लिन लागेको दिन नै कांग्रेस सांसद देउवालाई पदमुक्त गरिनु संयोग मात्र नभएको देखिन्छ।

‘आज सरकारले विश्वासको मत लिने तयारी गरेको छ। त्यही समयमा सभामुखले प्रकाश देउवालाई एक्कासि पदमुक्त गर्नुभएको छ,’ शाहले भने, ‘यो निर्णय पक्षपाती छ। सभामुखको भूमिकामाथि नै गम्भीर प्रश्न उठेको छ।’

शाहले देउवा लामो समयदेखि विदेशमा रहेको र आफू अनुपस्थित हुनेबारे जानकारीसमेत गराइसकेको अवस्थामा सभामुखले पर्याप्त सोधखोज र प्रक्रिया पूरा नगरी पदमुक्त गरेको आरोप लगाए। कुनै पनि प्रदेशसभा सदस्यलाई पदमुक्त गर्नुअघि उसको अवस्था र अनुपस्थितिको कारणबारे आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने उनको भनाइ छ।

उनले यसअघि नागरिक उन्मुक्ति पार्टीकी तत्कालीन प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरिएको घटनासमेत स्मरण गरे। गिरीको पदमुक्ति सर्वोच्च अदालतबाट बदर भएर पुनर्बहाली भएको उदाहरण प्रस्तुत गर्दै शाहले प्रकाश देउवाको विषयमा पनि कानुनी उपचारको बाटो खुला रहेको बताए।

‘कुनै पनि प्रदेशसभा सदस्यलाई पदमुक्त गर्दा आवश्यक रूपमा सोधपुछ र प्रक्रिया पूरा गर्नुपर्छ। विगतमा पनि यस्ता निर्णय अदालतबाट उल्टिएका उदाहरण छन्,’ शाहले भने।

सभामुखले दलगत अंकगणितलाई ध्यानमा राखेर निर्णय गर्न नहुने शाहको भनाइ छ। सभामुख सम्पूर्ण प्रदेशसभाको साझा र निष्पक्ष पद भएकाले दल विशेषको हित वा सत्ता समीकरणलाई केन्द्रमा राखेर निर्णय गर्नु उचित नहुने उनले बताए।

‘सभामुखले दलीय मान्यतालाई आधार बनाएर प्रदेशसभाको अंकगणित हेर्नु हुँदैन। उहाँले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ। यस्ता घटना दोहोरिनु हुँदैन,’ शाहले भने।

शाहले सभामुखको निष्पक्ष भूमिकालाई संस्थागत गर्न आफूहरू सहयोग गर्न तयार रहेको बताए। तर सभामुखबाट हुने राजनीतिक पूर्वाग्रहयुक्त गतिविधिको भने कांग्रेसले निरन्तर विरोध गर्ने उनले स्पष्ट पारे।

विश्वासको मतमा कांग्रेस विपक्षमा

यसैबीच, मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका छन्। यही दिन कांग्रेस सांसद प्रकाश देउवालाई पदमुक्त गर्ने सभामुखको निर्णय आएपछि कांग्रेसले त्यसप्रति आपत्ति जनाएको हो।

शाहले मुख्यमन्त्री भट्टले लिन लागेको विश्वासको मतमा नेपाली कांग्रेस विपक्षमा मतदान गर्ने स्पष्ट पारे। उनले देउवालाई पदमुक्त गर्ने निर्णयले प्रदेशसभाको अंकगणित र विश्वासको मतको प्रक्रियामाथि समेत प्रश्न उठेको बताए।

कांग्रेसको आरोपअनुसार, विश्वासको मतका क्रममा आफ्नो पक्षमा अंकगणित सुनिश्चित गर्ने उद्देश्यले देउवालाई पदमुक्त गरिएको हो। तर सभामुख पक्षले भने देउवा लामो समयदेखि प्रदेशसभामा अनुपस्थित रहेको विषयमा प्रचलित कानुनी तथा संसदीय प्रक्रियाअनुसार निर्णय गरिएको दाबी गर्दै आएको छ।

प्रकाश देउवाको पदमुक्तिको विषय अब राजनीतिक विवादसँगै कानुनी बहसतर्फ समेत जाने सम्भावना देखिएको छ। कांग्रेसले सभामुखको निर्णयविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाउने संकेत गरेपछि सुदूरपश्चिम प्रदेशसभाको पछिल्लो घटनाक्रम थप पेचिलो बन्ने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओभरलोडले कलंकी–नागढुङ्गा सडकको आयु घटाउँदै, पानी चुहाउने ट्रकले दुर्घटनाको जोखिम बढायो

‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’

सम्बन्धित

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिँदै, नाउपाका ६ सांसद अनुपस्थित

१० भन्दा बढी बैठकमा अनुपस्थित भएपछि कांग्रेस सांसद प्रकाशबहादुर देउवा पदमुक्त

पश्चिम सेती अघि बढाउन प्रदेश सरकारको पूर्ण सहयोग हुन्छ : मुख्यमन्त्री भट्ट

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो

भौतिकमन्त्री लम्सालको स्वास्थ्यमा समस्या, बैतडीबाट हेलिकोप्टरमार्फत् सुर्खेत ल्याइँदै

खगराज भट्ट बने सुदूरपश्चिमका मुख्यमन्त्री, बजेट शून्यता अन्त्य गर्ने चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu