काठमाडौं । भारतले घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टेस्ट क्रिकेट १६५ रनले जितेको छ । यो जितसँगै दुई खेलको टेस्ट शृंखलामा भारतले १–० को अग्रता बनाएको छ ।
Originally published on abcnews.com.np.
काठमाडौं । भारतले घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टेस्ट क्रिकेट १६५ रनले जितेको छ । यो जितसँगै दुई खेलको टेस्ट शृंखलामा भारतले १–० को अग्रता बनाएको छ ।
गले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भारतले दिएको ३७२ रनको लक्ष्य पछ्याएको श्रीलंका दोस्रो इनिङमा २०६ रनमै अलआउट भयो । श्रीलंकाका सोनल डिनुशाले सर्वाधिक ८९ रन बनाए । उनले १२८ बलमा आठ चौका र एक छक्का प्रहार गरे । कप्तान धनन्जय डी सिल्भाले ५९, केशर नवान्थाले २० तथा लाहिरु इगालागामेले १६ रन बनाए ।
भारतका मानव सुथरले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए । प्रसिद्ध कृष्णले दुई तथा रविन्द्र जडेजा र मोहम्मद सिराजले एक–एक विकेट लिए ।
भारतले दोस्रो इनिङमा १९३ रन बनाएर श्रीलंकालाई ३७२ रनको लक्ष्य दिएको थियो । भारतका ऋषभ पन्तले सर्वाधिक ६६ रन बनाए । उनले ६९ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । देपदत्त पडिकलले ४४ तथा केएल राहुलले ३५ रनको योगदान दिए ।
श्रीलंकाका असिथा फर्नान्डोले चार विकेट लिए । प्रभात जयसूर्याले तीन, लाहिरु कुमाराले दुई तथा केशर नुवान्थाले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ४६२ रन बनाएको थियो । जवाफमा श्रीलंका २८४ रनमै सीमित भएपछि भारतले १७८ रनको अग्रता लिएको थियो ।
शृंखलाको दोस्रो तथा अन्तिम टेस्ट आइतबारदेखि कोलम्बोमा सुरु हुनेछ । भारत अब दोस्रो टेस्ट जित्दै शृंखला २–० ले आफ्नो पक्षमा पार्ने लक्ष्यमा हुनेछ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्