ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भकुण्डेवेशीमा प्रहरी इन्चार्ज र युवतीको भिडियो प्रकरण : युवतीद्वारा जाहेरी


ABC NEWS
३ भदौ २०८३, बुधबार   ४ : २५   बजे

काठमाडौं । काभ्रेको भकुण्डेवेशीमा प्रहरी चौकी इन्चार्ज र एक युवतीको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनामा ती युवतीले प्रहरीमा जाहेरी दिएकी छन् ।

आफ्नो व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा गम्भीर असर परेको भन्दै युवतीले भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक तथा प्रसार गर्ने व्यक्तिविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी दर्ता गराएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जाहेरीका आधारमा फौजदारी कसुरमा अनुसन्धान सुरु गरिएको छ । प्रहरीले घटनालाई व्यक्तिगत गोपनीयताको उल्लंघन, साइबर अपराध तथा अभद्र व्यवहारलगायत कानुनी कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरी कर्मचारीविरुद्ध पनि छानबिन

घटनामा जोडिएका प्रहरी कर्मचारीको भूमिकाबारे पनि आन्तरिक छानबिन अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

समितिले प्रहरी चौकी इन्चार्जको पदीय आचरण, अनुशासन तथा घटनासँग सम्बन्धित अन्य विषयमा छानबिन गर्नेछ ।

भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिँदै दुवै पक्षबाट अनुसन्धान अघि बढाएको जनाएको छ । दोषी पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनालले राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने

सहसचिव भट्टराई सचिवमा बढुवा

सम्बन्धित

विद्यालय कर्मचारी र ईसीडी शिक्षकको पारिश्रमिक बढ्यो

एनसेलले बुझायो लाइसेन्स नवीकरणबापत करिब ५ अर्ब रुपैयाँ

बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र, ‘सिजनल ट्यारिफ’ लागू गर्ने तयारी

अपहरणमा संलग्न सात जना पक्राउ गर्न सफल इन्स्पेक्टर खत्री उत्कृष्ट प्रहरी घोषित

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी, वर्षायाममा ‘सिजनल ट्यारिफ’ ल्याउने गृहकार्य

सांसद साहजान खातुनको माग : ‘बलात्कारीलाई कानुन बनाएर फाँसीको सजाय सुनिश्चित गरियोस्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu