काठमाडौं । अभिनेत्री वर्षा राउत एक मोबाइल पसल उद्घाटन कार्यक्रममा सहभागी भएपछि उनको पहिरन सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
कार्यक्रममा रिबन काटेर पसल उद्घाटन गर्ने क्रममा राउतको पहिरनका कारण उनको उपस्थितिले सहभागी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान खिचेको हो । कार्यक्रमकै क्रममा आयोजकले उनलाई खादा लगाइदिएका थिए ।
कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि राउतको पहिरनलाई लिएर विभिन्न प्रतिक्रिया आएका छन् । केहीले उनको पहिरनको छनोटमाथि टिप्पणी गरेका छन् भने केहीले व्यक्तिगत पहिरनको विषयलाई लिएर अनावश्यक आलोचना गर्न नहुने धारणा राखेका छन् ।
राउत पछिल्लो समय चलचित्र तथा सार्वजनिक कार्यक्रमहरूमा सक्रिय रहँदै आएकी छन् । कार्यक्रममा उनको नयाँ लुक्सले समेत दर्शकको ध्यान आकर्षित गरेको थियो ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्