ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र, ‘सिजनल ट्यारिफ’ लागू गर्ने तयारी


ABC NEWS
३ भदौ २०८३, बुधबार   ४ : ३५   बजे

काठमाडौँ । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्यलाई तीव्रता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा नेपाल विद्युत् प्राधिकरणले गत साउन १३ गते विद्युत् महसुल दर पुनरवलोकन गर्न समिति गठन गरेको हो ।

उपभोक्ता र उद्योगलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने विषयमा अध्ययन गरिरहेको समितिको बैठक बुधबार बस्दैछ । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठकमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, ऊर्जा विज्ञ, उपभोक्ता तथा वित्त क्षेत्रका विज्ञ सहभागी हुनेछन् ।

समितिले दिउँसो ४ बजे मन्त्रालयमा बस्ने बैठकमा विद्युत् महसुल घटाउने उपायबारे छलफल गर्ने जनाएको छ । संयोजक शाहीका अनुसार वर्षायाममा उत्पादन भएको विद्युत् खेर गइरहेको अवस्थालाई ध्यानमा राख्दै आन्तरिक खपत बढाउन महसुल पुनरवलोकन गर्न लागिएको हो ।

वर्षायाममा विद्युत् खपत कम हुँदा प्राधिकरणले ठूलो परिमाणमा विद्युत् खेर फाल्नुपर्ने अवस्था रहेको छ । यस्तो अवस्थामा ‘सिजनल ट्यारिफ’ लागू गरेर उपभोक्ता तथा उद्योगलाई वर्षायाममा सस्तो दरमा विद्युत् उपलब्ध गराई खपत बढाउने तयारी गरिएको छ ।

उद्योगलाई समेत सहुलियत दरमा विद्युत् उपलब्ध गराउने विषयमा छलफल भइरहेको शाहीले बताए । उद्योगले सस्तो दरमा विद्युत् पाएपछि उत्पादन लागत घट्ने र त्यसको लाभ उपभोक्तासम्म पुर्‍याउन सकिने विषयमा पनि समितिले अध्ययन गरिरहेको छ ।

शाहीका अनुसार वर्षायाममा सिजनल ट्यारिफमार्फत विद्युत्को मूल्य घटाउने विषयमा बुधबारको बैठकमा विस्तृत छलफल हुनेछ । उनले यस विषयमा चाँडै निर्णय गर्ने तयारी रहेको बताए ।

सरकारले विद्युत्मा कर बढाएको भन्दै आलोचना भइरहेका बेला ऊर्जा मन्त्रालयले भने महसुल घटाएर आन्तरिक विद्युत् खपत बढाउने विकल्पमा गृहकार्य अघि बढाएको हो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनालले राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने

सहसचिव भट्टराई सचिवमा बढुवा

सम्बन्धित

विद्यालय कर्मचारी र ईसीडी शिक्षकको पारिश्रमिक बढ्यो

एनसेलले बुझायो लाइसेन्स नवीकरणबापत करिब ५ अर्ब रुपैयाँ

अपहरणमा संलग्न सात जना पक्राउ गर्न सफल इन्स्पेक्टर खत्री उत्कृष्ट प्रहरी घोषित

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी, वर्षायाममा ‘सिजनल ट्यारिफ’ ल्याउने गृहकार्य

सांसद साहजान खातुनको माग : ‘बलात्कारीलाई कानुन बनाएर फाँसीको सजाय सुनिश्चित गरियोस्’

भकुण्डेवेशीमा प्रहरी इन्चार्ज र युवतीको भिडियो प्रकरण : युवतीद्वारा जाहेरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu