ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनसेलले बुझायो लाइसेन्स नवीकरणबापत करिब ५ अर्ब रुपैयाँ


ABC NEWS
३ भदौ २०८३, बुधबार   ४ : ४५   बजे

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवा अनुमतिपत्र नवीकरण दस्तुरबापत सरकारलाई ४ अर्ब ९६ करोड ४५ लाख ८२ हजार १ सय ९१ रुपैयाँ भुक्तानी गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एनसेलले उक्त रकम तीनधारास्थित नबिल बैंकमा रहेको प्राधिकरणको खातामा जम्मा गरेको हो ।

एनसेलले भदौ १५ गतेसम्म बुझाउनुपर्ने नवीकरण दस्तुरको किस्ताबापत साँवा ४ अर्ब २५ करोड रुपैयाँ, २०८२ भदौ ७ देखि २०८३ असार मसान्तसम्म ३२८ दिनको टीडीएस कट्टीपछिको ब्याज ६४ करोड ९२ लाख ६० हजार २ सय ७३ रुपैयाँ र २०८३ साउन १ देखि भदौ २ सम्म ३३ दिनको ब्याज ६ करोड ५३ लाख २१ हजार ९ सय १७ रुपैयाँ गरी कुल उक्त रकम भुक्तानी गरेको हो ।

यसअघि पनि बुझाएको थियो रकम

प्राधिकरणका अनुसार २०८२ भदौ ६ गतेसम्मको किस्ता र ब्याज रकम एनसेलले यसअघि नै भुक्तानी गरिसकेको थियो । गत वर्ष भदौ ६ गते एनसेलले ३ अर्ब २९ करोड रुपैयाँ बुझाएको थियो । त्यसअघि २०८२ असार २९ गते २ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो ।

चार किस्तामा नवीकरण शुल्क

सरकारले एनसेललाई मोबाइल सेवा अनुमतिपत्र नवीकरण शुल्क चार किस्तामा बुझाउन सुविधा दिएको छ । २०८१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले बाँकी नवीकरण शुल्क वार्षिक १० प्रतिशत ब्याजसहित किस्तामा बुझाउने सुविधा दिएको थियो ।

एनसेलले लाइसेन्स नवीकरणका लागि तिर्नुपर्ने २० अर्ब रुपैयाँमध्ये पहिलो किस्ताबापत ४ अर्ब रुपैयाँ बुझाउँदै २०८१ जेठ १४ गते नवीकरणका लागि निवेदन दिएको थियो । त्यसपछि सरकारले बाँकी रकम वार्षिक १० प्रतिशत ब्याजसहित किस्तामा भुक्तानी गर्न अनुमति दिएको हो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनालले राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने

सहसचिव भट्टराई सचिवमा बढुवा

सम्बन्धित

विद्यालय कर्मचारी र ईसीडी शिक्षकको पारिश्रमिक बढ्यो

बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र, ‘सिजनल ट्यारिफ’ लागू गर्ने तयारी

अपहरणमा संलग्न सात जना पक्राउ गर्न सफल इन्स्पेक्टर खत्री उत्कृष्ट प्रहरी घोषित

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी, वर्षायाममा ‘सिजनल ट्यारिफ’ ल्याउने गृहकार्य

सांसद साहजान खातुनको माग : ‘बलात्कारीलाई कानुन बनाएर फाँसीको सजाय सुनिश्चित गरियोस्’

भकुण्डेवेशीमा प्रहरी इन्चार्ज र युवतीको भिडियो प्रकरण : युवतीद्वारा जाहेरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu