काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ नेपाल भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदिपजंग केसीले उहाँलाई बिदाइ गर्नुभयो ।
प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष सेठ आइतबार चार दिने नेपाल भ्रमणमा आउनुभएको थियो ।
मानार्थ महारथीको दर्जा
नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभयो। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुगेको छ ।”
उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता
भारतीय स्थल सेनाध्यक्ष सेठले भ्रमणको दौरान राष्ट्रपति पौडेल, प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाह र प्रधानसेनापति सिग्देलसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभयो ।
भ्रमणको उद्देश्य
उक्त भ्रमण दुई देशबीचको सैनिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यमा रहेको बताइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्