ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनअपेक्षा पूरा गर्न सरकार असफल : पद्मा अर्याल


ABC NEWS
३ भदौ २०८३, बुधबार   ९ : १५   बजे

काठमाडौं -नेकपा (एमाले) संसदीय दलकी उपनेता एवं सचिव पद्मा अर्यालले वर्तमान सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको आरोप लगाएकी छन्।

बुधबार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले सरकारले जनतामा आशा जगाउन नसकेको र उनीहरूका आधारभूत समस्या समाधानमा समेत उदासीनता देखाएको बताइन्।

सरकार गठनका सुरुवाती दिनमा गरिएका ठूला प्रतिबद्धता र आश्वासनअनुसार काम हुन नसकेको उनको भनाइ छ। दैनिक जीवनसँग जोडिएका समस्या समाधान नहुँदा जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको उनले बताइन्।

सरकार गठन भएको लामो समय बितिसक्दा पनि जनजीविकासँग सम्बन्धित विषयमा ठोस सुधार हुन नसकेको दाबी गर्दै अर्यालले सरकारको सुस्त कार्यशैलीले जनताको अपेक्षा पूरा गर्न नसक्ने टिप्पणी गरिन्।

किसानले धान बालीको समयमा समेत मल नपाएको विषय संसदमा पटक–पटक उठाउँदा सरकारले बेवास्ता गरेको उनले आरोप लगाइन्। बजारमा देखिएको खाना पकाउने ग्यासको समस्या समाधानमा पनि सरकार गम्भीर नभएको उनको भनाइ छ।

एउटा ग्यास सिलिन्डर लिन राष्ट्रिय परिचयपत्र र नागरिकता पेस गर्नुपर्ने व्यवस्था गरेर सरकारले सर्वसाधारणलाई अनावश्यक सास्ती दिएको अर्यालले बताइन्।

‘आजका समस्या समाधान गर्ने जिम्मेवारी वर्तमान सरकारकै हो। जनताले आजको सरकार खोजेका हुन्, विगतको होइन। जिम्मेवारीबाट भागेर पूर्ववर्ती सरकारतर्फ औँला ठड्याउनु गैरजिम्मेवारीको पराकाष्ठा हो,’ उनले भनिन्।

आफ्नो कमजोरी ढाकछोप गर्न वर्तमान सरकारले विगतका सरकारलाई दोष दिने गरेको भन्दै अर्यालले आपत्ति जनाइन्। गृहमन्त्रीका पछिल्ला अभिव्यक्तिप्रति टिप्पणी गर्दै उनले त्यसलाई ‘केटाकेटीपन’को संज्ञा दिइन्।

गृहमन्त्रीले आफ्ना कतिपय अभिव्यक्तिलाई ‘जोक’ भन्दै पन्छाउन खोज्नु र छानबिन प्रतिवेदन सार्वजनिक गर्न चुनौती दिनु जिम्मेवार पदमा बसेका व्यक्तिका लागि अशोभनीय भएको उनको टिप्पणी छ।

सुशासन र पारदर्शिताको नारा दिनेहरूले सबै छानबिन प्रतिवेदन सार्वजनिक गरेर आफूलाई उदाहरणका रूपमा प्रस्तुत गर्नुपर्नेमा अर्यालले जोड दिइन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Palestinian Authority Condemns Israeli Tender for Major West Bank Settlement Expansion

Second Ukrainian National Arrested in Croatia Over Nord Stream Pipeline Blasts

Israel Launches Criminal Investigation Into Killing of Five-Year-Old Hind Rajab

Pakistan Government Challenges Court Order for Imran Khan’s Hospital Transfer

Palestinian Factions Weigh Broad Alliance Ahead of November Elections

Ukraine’s Military Recruitment Tactics Spark Violence and Corruption Concerns

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu