ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खदिक्तेलको दुई सय वर्ष पुरानो चौतारो गायब, सार्वजनिक जग्गा अतिक्रमणको आरोप


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ११ : ०५   बजे

खोटाङ, भदौ ४ गते । खोटाङको सदरमुकाम दिक्तेलस्थित हस्पिटल चोकमा रहेको करिब दुई सय वर्ष पुरानो सार्वजनिक चौतारो गायब भएको छ। स्थानीय समुदायको धार्मिक तथा सामाजिक संस्कारसँग जोडिएको चौतारो अहिले अस्तित्वमा नरहेको स्थानीयवासीले बताएका छन्।

हस्पिटल चोकस्थित सार्वजनिक धारा भने अहिले पनि यथावत् छ। उक्त धारालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा संरक्षण गरिएको छ। तर, धारासँगै रहेको सार्वजनिक चौतारो र त्यससँग जोडिएको बर–पीपलको रुख भने हटाइएको छ।

भूमि प्रशासन कार्यालयको अभिलेखअनुसार हस्पिटल चोकमा रहेको कित्ता नम्बर २९६ सात आना तीन दाम दुई पैसा क्षेत्रफलमा सार्वजनिक चौताराका नाममा दर्ता छ। सोही स्थानको कित्ता नम्बर १११२ नौ आना दुई पैसा क्षेत्रफलमा सार्वजनिक धाराका नाममा दर्ता रहेको छ। अभिलेखमा चौताराको जग्गा अझै सार्वजनिककै रूपमा कायम रहे पनि स्थलगत रूपमा चौतारो नरहेको स्थानीयवासीको भनाइ छ।

दिक्तेल बजार सामाजिक गुठीका अध्यक्ष विष्णुकुमार श्रेष्ठका अनुसार चौतारोसँगै रहेको बर–पीपलको रुखसमेत हटाइएको छ। उहाँले चौतारोको जग्गा निजी घरको आँगन तथा पार्किङका रूपमा प्रयोग भइरहेको आरोप लगाउनुभएको छ।

यता, स्थानीय नारायण काजी श्रेष्ठले भने आफूहरूले सार्वजनिक जग्गा अतिक्रमण नगरेको दाबी गर्नुभएको छ। चौतारो रहेको भनिएको स्थानमा अहिले सडक रहेको र आफूले आफ्नै नम्बरी जग्गामा घर निर्माण गरेको उहाँको भनाइ छ।

स्थानीयवासीका अनुसार उक्त चौतारो बस्नेत, खड्का तथा विशेषगरी नेवार समुदायको धार्मिक तथा सामाजिक संस्कारसँग जोडिएको थियो। कसैको मृत्यु हुँदा काजकिरिया, पितृकार्य तथा अन्य संस्कार गर्ने र नेवार समुदायका जात्रा सेलाउने परम्परा पनि सोही स्थानमा रहेको बताइएको छ।

न्यायिक समितिको निर्णयसमेत कार्यान्वयन नभएको गुनासो

चौतारो हटाइएको विषयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको न्यायिक समितिमा समेत निवेदन परेको थियो। दुवै पक्षबीच छलफलपछि २०८१ भदौ ७ गते समितिले निर्णय गरेको थियो।

न्यायिक समितिले सार्वजनिक जग्गा दिक्तेल बजार सामाजिक गुठीको संरक्षणमा रहने, पाटी तथा चौतारा निर्माण गर्ने र स्थानीय समुदायले परम्परागत संस्कार गर्न पाउने व्यवस्था गरेको उपप्रमुख एवं न्यायिक समिति संयोजक विष्ण राईले बताउनुभएको छ।

तर निर्णय भए पनि चौतारा निर्माण तथा परम्परागत संस्कार गर्न अझै अवरोध भइरहेको स्थानीयवासीको गुनासो छ।

सरकारसमक्ष उजुरी, अनुसन्धानको निर्देशन

सार्वजनिक चौतारा तथा धाराको जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गरिएको भन्दै नेपाल सरकारसमक्ष समेत उजुरी परेको छ। उजुरीपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अतिक्रमण भएको भनिएको सार्वजनिक जग्गाबारे अध्ययन तथा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय खोटाङलाई निर्देशन दिएको स्रोतले जनाएको छ।

करिब दुई सय वर्षदेखि स्थानीय समुदायको संस्कारसँग जोडिएको सार्वजनिक चौतारो अभिलेखमा अझै कायम रहे पनि व्यवहारमा गायब भएपछि यसको संरक्षण, सार्वजनिक जग्गाको अवस्थिति र अतिक्रमणसम्बन्धी विवाद थप गम्भीर बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाले सुरु गर्दै ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम, अर्थमन्त्री वाग्लेले नागरिकसँग संवाद गर्ने

राप्रपाभित्र विवाद चर्कियो, मुख्यमन्त्रीलाई समर्थन गर्ने पत्रमा कारबाही नगर्न प्रदेश प्रमुखलाई आग्रह

सम्बन्धित

दीर्घ रावल नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त

खाली घरले सुनाएको स्वाँराको कथा : अवसरको खोजीमा रित्तिँदै गाउँ

सरकारी खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता, बोलपत्रमै व्यवस्था अनिवार्य

आज एकैदिन नौवटा संसदीय समितिको बैठक बस्दै

बागमतीमा राप्रपाको विवादकै बीच तीन सांसद मन्त्री बन्दै

सरकारले व्यहोर्ने भयो सन्तोष राईको शव नेपाल ल्याउने खर्च, आशिकाले भनिन्– ‘अब सहयोग आवश्यक छैन’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu