काठमाडौं । बुधबार घटेको सुनचाँदीको मूल्यमा बिहीबार भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेर ३ लाख १३ हजार ४ सय रुपैयाँ पुगेको छ।
बुधबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेर ३ लाख ४ हजार १ सय रुपैयाँमा झरेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज उल्लेख्य रूपमा बढेको छ। चाँदी प्रतितोला २६० रुपैयाँले बढेर ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ९५ रुपैयाँ थियो।
नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य भने गत माघ १५ गते कायम भएको थियो। त्यस दिन सुन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
त्यस्तै, चाँदीको हालसम्मकै उच्च मूल्य पनि गत माघ १५ गते नै कायम भएको थियो। त्यस दिन चाँदी प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो।
यसैगरी, गत माघ १८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै ठूलो एकदिने गिरावट हो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्