काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको भाउ केही घटेको छ भने युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर र कुवेती दिनारसहित अधिकांश विदेशी मुद्रा महँगिएका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा कायम गरिएको छ। बिहीबार डलरको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५१ पैसा थियो।
यसअघि जेठ ७ गते अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ ६२ पैसा पुगेको थियो, जुन हालसम्मकै उच्च विनिमयदर हो।
युरो र पाउन्डको मूल्य बढ्यो
आज एक युरोको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६१ पैसा तोकिएको छ। बिहीबार युरोको खरिददर १७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा थियो।
त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ पनि महँगिएको छ। आज एक पाउन्डको खरिददर २०८ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०९ रुपैयाँ ३७ पैसा रहेको छ। बिहीबार यसको खरिददर २०७ रुपैयाँ २९ पैसा र बिक्रीदर २०८ रुपैयाँ ११ पैसा थियो।
अस्ट्रेलियन डलर र कुवेती दिनार पनि महँगियो
आज अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ। हिजो यसको खरिददर १०८ रुपैयाँ २३ पैसा थियो।
त्यस्तै, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ २६ पैसा र बिक्रीदर ५०० रुपैयाँ २१ पैसा पुगेको छ। बिहीबार कुवेती दिनारको खरिददर ४९७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ७९ पैसा थियो।
बहराइन दिनार भने घट्यो
आज बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ४० पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९९ पैसा कायम गरिएको छ। बिहीबार यसको खरिददर ४०५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४०७ रुपैयाँ १७ पैसा थियो।
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। विभिन्न वाणिज्य बैंकले निर्धारण गर्ने विनिमयदर भने केन्द्रीय बैंकले तोकेको दरभन्दा केही फरक हुन सक्नेछन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्