ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ८ : २५   बजे

रास्वपाको केन्द्रीय समिति बैठक आज, स्थानीय निर्वाचनको उम्मेदवार छनोट मुख्य एजेन्डा

पोखरा । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार महामन्त्री विपीनकुमार आचार्यले शुक्रबार बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टीघर’मा बैठक बोलाएका हुन्।

आगामी स्थानीय तह निर्वाचन र पार्टीको आन्तरिक संगठन सुदृढीकरणलाई केन्द्रमा राखेर बैठकका कार्यसूची तय गरिएको छ।

बैठकको मुख्य एजेन्डामा आगामी स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुमोदन गर्ने विषय रहेको छ। निर्वाचनमा उम्मेदवार छनोट गर्दा अपनाइने विधि तथा प्रक्रियालाई बैठकमार्फत अन्तिम रूप दिने तयारी रास्वपाको छ।

यस्तै, पार्टीले स्थापनाकालदेखि उठाउँदै आएको ‘राइट टु रिकल’ अर्थात् निर्वाचित जनप्रतिनिधिलाई फिर्ता बोलाउन सकिने अधिकारसम्बन्धी दस्तावेज निर्माण गर्ने विषय पनि बैठकको कार्यसूचीमा राखिएको छ। उक्त व्यवस्थालाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा राजनीतिक खाका तयार गर्ने पार्टीको योजना छ।

संगठनमा मनोनयन र जिम्मेवारी बाँडफाँट

बैठकमा पार्टीका रिक्त तथा थप गर्नुपर्ने विभिन्न संगठनात्मक पदमा मनोनयन गर्ने विषयमा पनि छलफल हुनेछ।

केन्द्रीय समिति सदस्य तथा पदाधिकारी, सचिवालय सदस्य र विभिन्न विभागीय प्रमुखको मनोनयन तथा जिम्मेवारी बाँडफाँट गर्ने एजेन्डा बैठकमा राखिएको छ। स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन तथा त्यसका सदस्य मनोनयन गर्ने विषय पनि कार्यसूचीमा छ।

देशव्यापी प्रशिक्षणदेखि डिजिटल पत्रिकासम्म

स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटको विधि र प्रक्रियाबारे कार्यकर्तालाई जानकारी गराउन केन्द्रीय सदस्य तथा सांसदहरूको नेतृत्वमा देशव्यापी प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव पनि बैठकमा पेस हुने भएको छ।

यस्तै, पार्टीका आधिकारिक धारणा तथा गतिविधि सार्वजनिक गर्न ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णयसमेत बैठकबाट हुने बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China’s Xi Urges New Middle East Security Framework During Rare Egypt Visit

Putin and Zelenskyy Issue Threats as Strikes Rock Ukraine, Russia

US-Venezuela Oil Deal: Impact on Fuel Prices Uncertain

US Bombing Strikes Iranian Wedding, Killing Four Civilians

Xi Urges China-Egypt Cooperation Amid Turbulent Landscape

Can Ukraine’s Drones Shut Down Russia’s Airspace? Implications for Airlines

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu