ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुस्ताङमा डोल्पाली याकको माग बढ्यो, मूल्य डेढ लाखभन्दा माथि


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ८ : २५   बजे

मुस्ताङ । उपल्लो डोल्पाबाट मुस्ताङको जोमसोममा बिक्रीका लागि ल्याइएका याकको माग बढ्दै गएको छ। पछिल्लो समय डोल्पाली याक प्रतिगोटा औसतमा एक लाख ५० हजार रुपैयाँभन्दा बढीमा खरिद–बिक्री हुन थालेका छन्।

स्थानीय व्यापारीका अनुसार मुस्ताङमा डोल्पाबाट ल्याइएका याकप्रति आकर्षण बढेको छ। तिब्बती सीमाक्षेत्र नजिक रहेको मुस्ताङमा याकको आर्थिक तथा व्यावसायिक महत्वसमेत उच्च छ।

याकलाई हिमाली क्षेत्रमा भार बोक्न प्रयोग गरिनुका साथै दूध र मासु उत्पादनका लागि पनि पाल्ने गरिन्छ। डोल्पाबाट ल्याइएका याक स्वस्थ र काम गर्ने क्षमता राम्रो हुने भएकाले स्थानीयस्तरमा तिनको माग बढेको व्यापारीहरू बताउँछन्।

तस्बिरकार सुन्दरकुमार थकालीका अनुसार डोल्पाबाट ल्याइएका याकहरू पछिल्लो समय जोमसोम बजारमा बिक्री हुन थालेका छन्। याकको खरिद–बिक्री बढेसँगै यसले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

व्यापारीका अनुसार माग बढेसँगै याकको मूल्यसमेत वृद्धि भएको छ। हाल एकतिहाइभन्दा बढी याक एक लाख ५० हजार रुपैयाँभन्दा माथिको मूल्यमा बिक्री भइरहेको बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu