ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वनस्थलीमा डेराबाट सुनका गहना र नगद चोरी, सुनचाँदी पसल सञ्चालकसहित ६ जना पक्राउ


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ११ : ३५   बजे

काठमाडौँ । काठमाडौँको वनस्थलीमा डेरा गरी बस्ने व्यक्तिको कोठाबाट सुनका गरगहना र नगद चोरी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत साउन १४ गते बिहान करिब ७ः३० बजे काठमाडौँ महानगरपालिका–१६ वनस्थलीस्थित डेराबाट सुनका गरगहना र नगद चोरी भएको सूचना पाएपछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले चोरी गर्ने, बिक्री गर्ने तथा खरिद गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट सुनजस्तो देखिने विभिन्न प्रकारका गरगहना बरामद गरेको जनाएको छ । पक्राउ परेकाविरुद्ध चोरीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

सुनचाँदी पसल सञ्चालक पनि पक्राउ

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२३ का ५४ वर्षीय विनोद शाक्य छन् । उनी सुनचाँदी खरिद–बिक्री गर्ने पसल सञ्चालक रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भई काठमाडौँ–१६ बस्ने २२ वर्षीय सुविन घिमिरे, मकवानपुरको बाग्मती गाउँपालिका–८ का २६ वर्षीय सुरज बिक, काभ्रेपलाञ्चोक बल्देखेदिन्चे घर भई काठमाडौँको चमती बस्ने २६ वर्षीय सञ्जय तामाङ, काठमाडौँ महानगरपालिका–१५ का ३५ वर्षीय रवि महर्जन र सोही स्थानका ३६ वर्षीय रविन महर्जन पक्राउ परेका छन् ।

प्रहरीका अनुसार घिमिरे, बिक, तामाङ र रविन महर्जन चोरीमा तथा रवि महर्जन चोरीका सामान बिक्रीमा संलग्न रहेको आरोप छ ।

विभिन्न गरगहना बरामद

प्रहरीले उनीहरूको साथबाट सुनजस्तो देखिने सेतो मोती माला जडित मोती हार दुई थान, हसुली माला एक थान, मोतीको माला जडित लकेट दुई थान र सुनको खुकुरी कोट पिन दुई थान बरामद गरेको जनाएको छ ।

त्यस्तै, तीन गेडी हरियो माला, मंगलसूत्र, तीन लियर माला, सोले गेडी माला, लक्ष्मी माला, सोली माला, सि माला र नेक्लेस एक–एक थान बरामद भएको छ ।

प्रहरीका अनुसार नवरत्न माला, रातो मंगलसूत्र दुई थान, गोलो औँठी, चन्द्रमा र बक्स औँठी पनि बरामद गरिएको छ ।

केही अभियुक्त अन्य मुद्दामा पनि हिरासतमा

प्रहरीका अनुसार पक्राउ परेकामध्ये रविन महर्जन र सञ्जय तामाङ यसअघि नै लागुऔषध तथा चोरीसम्बन्धी मुद्दामा पक्राउ परी प्रहरी वृत्त स्वयम्भूको हिरासतमा थिए ।

त्यस्तै, सुविन घिमिरे र सुरज बिक अभद्र व्यवहारसम्बन्धी कसुरमा प्रहरी वृत्त बालाजुको हिरासतमा रहेको प्रहरीले जनाएको छ ।

घटनामा चोरी भएको भनिएको नगद तथा अन्य सामान र पक्राउ परेकाहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिञ्जा उपत्यकामा नेपाल टेलिकमको फोर–जी सेवा

रास्वपा केन्द्रीय समिति बैठक सुरु, स्थानीय निर्वाचनको तयारीदेखि ‘राइट टु रिकल’सम्म एजेन्डा

सम्बन्धित

बर्जर पेन्ट्सको ‘रंग वहार’ अभियान, ३५० भन्दा बढी उपहार जित्ने अवसर

 एनएमबी बैंकको डिजिटल कर्जा सेवा, अनलाइनबाटै आवेदन र ट्र्याकिङ गर्न सकिने

डीडीसीको घिउ पहिलोपटक दुबई निर्यात

सुनको भाउ फेरि बढ्यो, तोलामा ३ हजार ३ सय रुपैयाँले वृद्धि

प्रदीप पौडेलको आग्रह : फरक विचार बोकेर सानेपा आउनुस्, कांग्रेसको विवाद संवादबाटै समाधान गरौँ

सिद्धार्थ बैंकले ल्यायो व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइन खाता खोल्ने सेवा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu