काठमाडौँ । डिभिजन वन कार्यालय उदयपुरका सूचना अधिकारी भुवन पौडेल १६ हजार २५० रुपैयाँ घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले पौडेललाई बिहीबार साँझ डिभिजन वन कार्यालय उदयपुरबाटै नियन्त्रणमा लिएको हो ।
विशेष सूचना पाएपछि अख्तियारको टोलीले कार्यालयमा निगरानी बढाएको थियो । सातौँ तहका वन अधिकृतसमेत रहेका पौडेलले सामुदायिक वन उपभोक्ता समूहसँग सम्बन्धित काम सहज रूपमा गराइदिने भन्दै सेवाग्राहीसँग १६ हजार २५० रुपैयाँ घुस लिएको आरोप लागेको छ ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले पौडेललाई रकमसहित नियन्त्रणमा लिएको पुष्टि गरेका छन् ।
घटनाबारे अख्तियारले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्