ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 रघुगंगा गाउँपालिकामा नौ वर्षमा सडकदेखि स्वास्थ्य र पर्यटनसम्मका पूर्वाधार विस्तार


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १२ : ४५   बजे

म्याग्दी । हिमाल, पहाड र नदीले घेरिएको म्याग्दीको रघुगंगा गाउँपालिकाले पछिल्लो नौ वर्षमा सीमित स्रोतसाधनका बीच विकास निर्माणलाई तीव्रता दिएको जनाएको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको नेतृत्वमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, पर्यटन, कृषि, विद्युत्, लघुउद्यम तथा विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न काम अघि बढाइएको हो ।

विकट भूगोल र कठिन भौगोलिक अवस्थाका कारण विकास निर्माण चुनौतीपूर्ण भए पनि गाउँ–गाउँमा सडक विस्तार, आधारभूत सेवा प्रवाह तथा स्थानीयको आयआर्जन बढाउने कार्यक्रमलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर १ : सडक विस्तारदेखि अस्पतालका लागि जग्गासम्म

वडा नम्बर १ बेगमा पछिल्लो नौ वर्षमा सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिइएको छ । तिप्ल्याङ–बतासे, तिप्ल्याङ–बाँदुक, बेगखोला–बेग, राखु भगवती–सिरुबारी, पञ्चासे–सिमफाँट, सेउलेचोक–तुसारे–बाउन स्वारा, बेग–धूपीरुख–घातपा तथा ओखले–बदेनी सडक निर्माण गरिएको छ । राखु–बेग मोटरबाटोसमेत स्तरोन्नति गरिएको छ ।

वडामा विभिन्न युवा क्लबका खेलमैदान तथा स्टेज, वडा कार्यालय, महिला सहकारी भवन र तीनवटा टोलमा सभाहल निर्माण भएका छन् । कालिका आधारभूत विद्यालयमा कक्षा १० सञ्चालनका लागि आवश्यक कक्षाकोठा निर्माण गरिएको छ ।

बाँदुकमा स्वास्थ्य इकाइ स्थापना गरी कर्मचारी व्यवस्थापन गरिएको छ । दास–दोसल्ले, ओखले र फाँट–लिस्नेमा झोलुङ्गे पुल निर्माण गरिएको छ भने बेग–बाँदुक झोलुङ्गे पुलका दुवै किनारमा पक्की पदमार्ग बनाइएको छ ।

बेगमा १० शय्याको अस्पताल निर्माणका लागि ७ रोपनी ८ आना जग्गा निःशुल्क व्यवस्थापन गरिएको छ । अन्तिम संस्कारका लागि घाट निर्माणसमेत गरिएको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर २ : सडक, शिक्षा र पर्यटनमा जोड

वडा नम्बर २ भगवतीमा २३ वटा शाखा सडक निर्माण तथा स्तरोन्नति गरिएको छ । दुई किलोमिटर मुख्य सडक र एक किलोमिटर शाखा सडक ढलान गरिएको छ । वडा कार्यालय जाने सडकसमेत ढलान गरिएको छ ।

खानेपानीतर्फ विभिन्न स्थानमा टंकी निर्माण गरी ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत तीन सयभन्दा बढी धारा निर्माण गरिएको छ । वडा भवन, सभाहल, कोल्ड स्टोर तथा स्वास्थ्य चौकीका बैठक कक्ष र आवास निर्माण गरिएका छन् ।

मुक्तिधाम माध्यमिक विद्यालयमा १२ कोठे भवनलगायत विभिन्न विद्यालयका भवन निर्माण भएका छन् । दुर्गम क्षेत्रमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनका लागि जग्गा व्यवस्थापन गरिएको छ ।

विभिन्न स्थानमा खेलमैदान तथा आमा समूहका भवन निर्माण भएका छन् । भगवती दुर्गा मन्दिर, ताराखसे भ्युटावर, प्रतीक्षालय, वनभोजस्थल, शौचालय तथा प्रशिक्षण केन्द्र निर्माण गरिएको छ । रुइसेदेखि हातजोड्नेसम्म पर्यटन पदमार्ग निर्माण गरिएको छ ।

विभिन्न क्षेत्रमा पोखरी निर्माण, पहिरो नियन्त्रण तथा विद्युत् विस्तारका काम पनि भएका छन् । गनाखेमा औद्योगिक ग्राम निर्माणका लागि ३२ रोपनी जग्गा व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर ३ : सडकदेखि प्रशासनिक भवनसम्म

वडा नम्बर ३ पिप्लेमा विभिन्न गाउँ तथा बस्ती जोड्ने सडक निर्माण तथा स्तरोन्नति गरिएको छ । झाँक्रे, अल्छेढुंगा, भगवती, अक्षेता, कलेजाबाङ, महतारे, चौरेलटोल, गलेश्वर, दशमुरे, मिलनचोक, सेतीपोखरा, रानीपौवा, तुसारेपानी, बैसरी, वखन, गौडा र भीरपाटालगायत क्षेत्रमा सडक विस्तार गरिएको छ ।

खेलकुदतर्फ रानीपौवा, मिलनचोक–दशमुरे, मौवाफाँट, चौरेलटोल, फूलबारी, कलेजाबाङ, अक्षेता तथा विभिन्न युवा क्लबका खेलमैदान निर्माण तथा विस्तार गरिएका छन् ।

शिक्षातर्फ विद्यालयका कक्षाकोठा, शौचालय, कम्प्युटर तथा अन्य पूर्वाधार निर्माण गरिएको छ । पिप्ले स्वास्थ्य ल्याब स्थापना, पातिकान्ला स्वास्थ्यचौकी निर्माण तथा सञ्चालनलगायतका काम भएका छन् ।

गाउँपालिकाको १४ रोपनी जग्गामा बहुउद्देश्यीय सभाहल तथा प्रशासनिक भवन निर्माण गरिएको छ । प्रहरी चौकीका लागि तीन रोपनी जग्गा व्यवस्थापन गरिएको छ ।

यसैगरी मौवाफाँट मगर समाज भवन, कोसेलीघर, आमा समूह भवन, विभिन्न मन्दिर तथा धार्मिक संरचना निर्माण र संरक्षण गरिएको छ । गलेश्वर पहिरो, तिल्किनी बस्ती तथा घाट संरक्षणका साथै घुमाउने ताल क्षेत्रमा कालीगण्डकी नदी नियन्त्रण गरी बस्ती संरक्षणको काम गरिएको छ ।

मुख्य सडकदेखि गाउँपालिका जाने सडक ढलान गरिएको छ भने पिप्लेमा रहेको ट्रेनिङ सेन्टरबाट वडा कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर ४ : सडक विस्तार र तातोपानी कुण्ड संरक्षण

वडा नम्बर ४ दग्नाममा पनि पछिल्लो नौ वर्षमा सडक पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको छ । दोभान भीर–दर्मिजा तथा पानाकोट–कान्छिगाउँ सडक निर्माण गरिएको छ । कुम्भखोलादेखि नाइदेवी आमा समूह भवनसम्म सडक पुर्‍याइएको छ ।

वडाको महत्वपूर्ण पर्यटकीय सम्भावना बोकेको तातोपानी कुण्ड संरक्षण तथा पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।

रघुगंगा गाउँपालिकाले सडकसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, कृषि, विद्युत्, खेलकुद र सामाजिक पूर्वाधारमा गरिएको लगानीले स्थानीयको दैनिक जीवन सहज बनाउँदै लगेको दाबी गरेको छ । अब निर्माणाधीन योजनालाई समयमै सम्पन्न गरी ती पूर्वाधारलाई उत्पादन, रोजगारी र स्थानीय आयआर्जनसँग जोड्नु गाउँपालिकाका लागि मुख्य चुनौती देखिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सर्लाहीमा ट्याक्टरको ठक्करबाट युवतीको मृत्यु, चालक १७ वर्षीय किशोर नियन्त्रणमा

देउवा–शेखर भेटले बढायो कांग्रेस एकताको चर्चा, ‘अब बल सभापति गगनको हातमा’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Mental Health Professionals Expand Reach Through Social Media Platforms

Australian Man Charged With Providing Military Intelligence To Russia

Imran Khan Returned To Jail Following Medical Examination

सर्लाहीमा ट्याक्टरको ठक्करबाट युवतीको मृत्यु, चालक १७ वर्षीय किशोर नियन्त्रणमा

देउवा–शेखर भेटले बढायो कांग्रेस एकताको चर्चा, ‘अब बल सभापति गगनको हातमा’

पाँच पाण्डव’को डबिङ सुरु, डल्बी एट्मस प्रविधिमा साउन्ड तयार हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu