काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयमा थप तीन जना सहसचिव नियुक्त गरेको छ। शनिबार शिशिर बाँटाजु, मनिष राई र रोशन कार्कीलाई विभिन्न विभागको सहसचिवमा नियुक्त गरिएको हो।
रास्वपा कार्यालय विभागका अनुसार बाँटाजुलाई संगठन विभाग, राईलाई विदेश विभाग र कार्कीलाई आर्थिक विभागको सहसचिवको जिम्मेवारी दिइएको छ।
नयाँ नियुक्तिसँगै रास्वपा सचिवालयमा सहसचिवको संख्या १५ पुगेको पार्टीले जनाएको छ।
संगठन विस्तारमा जोड
रास्वपाले पछिल्लो समय संगठन विस्तार तथा पार्टीका विभिन्न विभागलाई थप व्यवस्थित बनाउने कामलाई तीव्रता दिएको छ। नयाँ सहसचिवहरूले सम्बन्धित विभागको कामलाई प्रभावकारी बनाउन तथा पार्टीका नीति, कार्यक्रम र आगामी कार्ययोजना कार्यान्वयनमा सहयोग गर्ने अपेक्षा गरिएको छ।
पार्टीले आगामी स्थानीय तहको चुनावलगायतका कार्यक्रमलाई लक्षित गर्दै संगठनात्मक संरचना सुदृढ बनाउने तयारी गरिरहेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्