काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेशको महाधिवेशन हुन नसक्नुको कारण पत्ता लगाउन अडिट समिति गठन गरेको छ।
शुक्रबार चःमतीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा अडिट समिति गठन गरेको हो।
समितिमा मधेस प्रदेशबाहेकका रास्वपाका केन्द्रीय सदस्यलाई सदस्य बनाइएको पार्टीले जनाएको छ।
अडिट समितिले मधेस प्रदेशमा महाधिवेशन हुन नसक्नुका कारणसहित पार्टीका सम्पूर्ण गतिविधिको समीक्षा तथा अडिट गर्नेछ। समितिको प्रतिवेदनका आधारमा आगामी कदम तय गरिने रास्वपाले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्