ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ६ : ४५   बजे

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणपछि पुनः जेल पठाइएको छ। इस्लामावादस्थित अस्पतालमा विशेषज्ञ चिकित्सकहरूको टोलीले परीक्षण गरेपछि उनलाई ‘चिकित्सकीय रूपमा स्वस्थ’ घोषणा गरिएको पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अताउल्लाह तरारले बताएका छन्।

सर्वोच्च अदालतको आदेशपछि खानलाई बिहीबार राति र शुक्रबार बिहानको बीचमा सुरक्षाको घेरामा अस्पताल लगिएको थियो। चिकित्सकहरूको टोलीमा नेत्ररोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ र फिजिसियन सहभागी थिए। उनकी बहिनी अज्मा खान पनि स्वास्थ्य परीक्षणका सबै चरणमा उपस्थित रहेको मन्त्री तरारले बताएका छन्। परीक्षणपछि शुक्रबार बिहान करिब ५ बजे उनलाई अदियाला जेल फर्काइएको हो।

सर्वोच्च अदालतले मंगलबार खानलाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि इस्लामावादको शिफा इन्टरनेसनल अस्पतालमा लैजान आदेश दिएको थियो। तर, शिफा अस्पतालबाहिर पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)का समर्थकको भीड र सुरक्षास्थितिलाई कारण देखाउँदै सरकारले खानको परीक्षण पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पीआईएमएस)मा गराएको जनाएको छ। शिफा अस्पतालका चिकित्सकहरू पनि पीआईएमएसमा गरिएको परीक्षणमा सहभागी भएको सरकारको भनाइ छ।

खानको परिवार र पीटीआईले भने अदालतको आदेशअनुसार निजी अस्पतालमा लैजानुपर्नेमा सरकारी अस्पतालमा परीक्षण गराएर तत्काल जेल फर्काइनु आदेशको उल्लंघन भएको आरोप लगाएका छन्। पीटीआईले यस विषयमा कानुनी कदम चाल्ने संकेत गरेको छ।

७३ वर्षीय खान लामो समयदेखि स्वास्थ्य समस्याबारे गुनासो गर्दै आएका छन्। उनका वकिल तथा परिवारले विशेषगरी आँखाको दृष्टिसम्बन्धी समस्या रहेको र पर्याप्त विशेषज्ञ उपचार नपाएको दाबी गर्दै आएका थिए। सरकारले भने चिकित्सकीय परीक्षणबाट तत्काल गम्भीर स्वास्थ्य समस्या नदेखिएको जनाएको छ।

इमरान खान सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री थिए। सन् २०२३ अगस्टदेखि उनी विभिन्न मुद्दामा जेलमा छन्। खान र उनको दल पीटीआईले आफूविरुद्धका मुद्दालाई राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्दै आएका छन्।

यस घटनाले खानको स्वास्थ्य उपचार र उनलाई दिइएको सर्वोच्च अदालतको राहत कार्यान्वयनको विषयलाई लिएर पाकिस्तान सरकार र पीटीआईबीचको विवाद फेरि चर्काउने सम्भावना देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

अमेरिकाले इरानविरुद्ध ‘इतिहासकै कडा’ आर्थिक प्रतिबन्ध लगाउने, चीनलाई पनि साथ दिन आग्रह

स्वास्थ्य परीक्षणपछि इमरान खान फेरि जेल फर्काइए

इमरान खानलाई उपचारका लागि निजी अस्पताल लगियो

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu