ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमा क्षेत्रमा सीसीटीभीसहित आधुनिक प्रविधिबाट सुरक्षा निगरानी बढाइने


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १० : १५   बजे

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानमा सीसीटीभीसहित आधुनिक प्रविधिको प्रयोग गरी सुरक्षा निगरानी बढाइने भएको छ।

भारतको देहरादूनमा सम्पन्न नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको बैठकमा संवेदनशील सीमा क्षेत्रमा आधुनिक तथा नवीनतम उपकरण प्रयोग गरी सुरक्षा निगरानी सुदृढ गर्ने सहमति भएको हो।

गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सीमापार अपराध, लागुऔषध तथा मनोद्वीपक पदार्थको ओसारपसार, प्रतिबन्धित औषधि, वन्यजन्तु तथा मानव बेचबिखन, जाली नोटलगायत आर्थिक अपराध तथा हातहतियारको अवैध कारोबार नियन्त्रणका लागि दुवै देशका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्ने विषयमा पनि छलफल भएको छ।

बैठकमा नेपालको तर्फबाट गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले र भारतको तर्फबाट गृह मन्त्रालयकी सहसचिव पौसुमी बासुले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।

साइबर अपराध र डिजिटल ठगीको विषय उठ्यो

बैठकमा नेपालले सीमापार हुने साइबर अपराध तथा डिजिटल ठगीजस्ता उदीयमान सुरक्षा चुनौतीको विषय पनि उठाएको गृह मन्त्रालयले जनाएको छ।

दशगजा क्षेत्रमा हुने अतिक्रमण तथा अनधिकृत प्रयोग नियन्त्रण, एकीकृत जाँच चौकीको पूर्ण सञ्चालन, पारस्परिक कानुनी सहायता तथा सीमा व्यवस्थापनसँग सम्बन्धित अन्य विषयमा पनि छलफल भएको थियो।

सन् २०२५ मार्चमा पोखरामा सम्पन्न १३औँ बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समेत समीक्षा गरिएको थियो।

सीमा आवागमन सहज बनाउने सहमति

बैठकमा नेपाल र भारतका नागरिकको सीमापार आवागमन सहज बनाउने विषयमा पनि छलफल भएको छ। दुवै देशका सीमा नाका हुँदै आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकको सहजीकरण तथा निगरानी संयन्त्रलाई थप प्रभावकारी बनाउने विषयमा समेत सहमति भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, विपद् व्यवस्थापन तथा नेपाल–भारत जिल्लास्तरीय समन्वय बैठकलाई प्रभावकारी बनाउने विषयमा पनि दुवै पक्षबीच सहमति भएको छ।

कार्यदलको आगामी बैठक दुवै पक्षको अनुकूल मितिमा नेपालमा आयोजना गर्ने सहमति भएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Can Ukraine’s Drones Shut Down Russia’s Airspace? Implications for Airlines

Dates Provide Lifeline for Yemeni Farmers Amid Economic Struggles

Israeli Forces Attack West Bank Mosques, Palestinians Flee Prayers

Chinese President Xi Jinping Visits Egypt Amid Rising Middle East Tensions

Putin Warns Armenia Over EU Bid Amid Tense Relations

हिमालयको बदलिँदो जोखिम : अब विपद् आउनुअघि नै सोच्नुपर्ने समय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu