ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा समूहको सर्वोच्च अदालतको दोहोरो प्रयास, कांग्रेस भित्र तनाव कायमै


ABC NEWS
६ भदौ २०८३, शनिबार   ११ : ३५   बजे

कांग्रेस विवाद फेरि सर्वोच्चमा, देउवा समूहद्वारा महाधिवेशन रोक्न रिट

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद फेरि सर्वोच्च अदालत पुगेको छ । पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि पार्टीको आन्तरिक विवाद थप पेचिलो बनेको छ ।

पूर्वसभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै रिट दायर गरेको नेता मीन विश्वकर्माले जानकारी दिए । असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी कांग्रेसले अघि बढाएको कार्यतालिका रोक्न माग गर्दै रिट दायर गरिएको हो ।

देउवा पक्षले अधिकारितासम्बन्धी विवादमा पुनरवलोकनको टुंगो नलागेसम्म महाधिवेशनको प्रक्रिया अघि नबढाउन माग गरेको छ । कांग्रेसले असोज १६–१९ गते १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

संवादबाट समाधान खोज्नुपर्ने प्रवक्ता चालिसेको भनाइ

कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीभित्र देखिएको असन्तुष्टि संवाद र वार्तामार्फत समाधान गर्नुपर्ने बताएका छन् ।

उनले देउवा समूहको असन्तुष्टि सैद्धान्तिक नभई व्यक्तिगत पद र राजनीतिक निरन्तरतासँग सम्बन्धित रहेको दाबी गरे । महाधिवेशनमा गएर नेतृत्व चयनमा सहभागी हुने लोकतान्त्रिक अवसर सबैलाई रहेको भन्दै उनले समस्या भए वार्ताबाट समाधान खोज्नुपर्ने बताए ।

चालिसेले पार्टीलाई निरन्तर कानुनी विवादमा तान्दा कांग्रेसप्रतिको आकर्षण घट्ने समेत बताए । उनका अनुसार पार्टीभित्र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संवाद जारी छ ।

पूर्वसभापति देउवा र सभापति गगन थापाबीच भेट नभए पनि टेलिफोन सम्पर्क भइरहेको उनले बताए । ‘वार्तामात्रै पर्याप्त होइन, उपलब्धिमूलक हुनुपर्छ । कुरा टुंगिनु सबभन्दा महत्वपूर्ण कुरा हो,’ चालिसेले भने ।

देउवाको नेमप्लेट र लेटरप्याडप्रति अनुशासन समितिको आपत्ति

यसैबीच कांग्रेसको अनुशासन समितिले पूर्वसभापति देउवालाई चुनदेवीमा सभापतिको हैसियतमा नेमप्लेट राखिएको तथा पार्टीको लेटरप्याड प्रयोग गरिएकोप्रति आपत्ति जनाएको छ ।

समितिको बैठकपछि संयोजक तारामान गुरुङले देउवा निवर्तमान सभापति भएकाले विधानअनुसार उनलाई सभापतिको हैसियतमा प्रस्तुत गर्न नमिल्ने बताए । देउवा समूहसँग आधिकारिक रूपमा पार्टीको लेटरप्याड प्रयोग गर्ने अधिकारसमेत नभएको उनको दाबी छ ।

अनुशासन समितिले देउवा समूहबाट भइरहेका गतिविधि अभिलेखका लागि सङ्कलन गरिरहेको जनाएको छ । गुरुङका अनुसार चुनदेवीदेखि सुकेधारासम्म भएका गतिविधिसम्बन्धी कागजातसमेत समितिमा प्राप्त भएका छन् र अध्ययन भइरहेको छ ।

प्रवक्ता चालिसेले भने अनुशासन समिति आफ्नो काम गर्न स्वतन्त्र रहेको बताएका छन् । कसलाई कारबाही गर्ने भन्ने निर्णय समितिले नै गर्ने र अनुशासनको विषयमा कसैलाई छुट नदिइने उनको भनाइ छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, विदेश जाने सेवाग्राही सबैभन्दा बढी मारमा

सरकारी सफ्टवेयरका लागि छुट्टै केन्द्र, ३० स्थायी कर्मचारी रहने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘MAGA Woke’: Report Details Right’s Escalating Crackdown on Free Speech

Film Review: ‘The End of Oak Street’ Offers Little Beyond Recycled Nostalgia

Assam Floods Leave Over 100 Dead, Hundreds of Thousands Displaced

Nepal Home Minister Pledges Justice in Child Death Case

Nepal’s Prime Minister Travels to Mustang

Prince Harry, Elton John Face $13 Million Bill After Privacy Case Loss

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu