ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोहोर व्यवस्थापन बैठकमा तनाव, आशिका तामाङप्रति सुनिता डङ्गोलको असन्तुष्टि


ABC NEWS
६ भदौ २०८३, शनिबार   १२ : २५   बजे

काठमाडौँ । उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी छलफलका क्रममा भएको वादविवादपछि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल ले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ को व्यवहारप्रति असन्तुष्टि जनाएकी छन्। बैठकमा आफ्ना धारणा राख्ने क्रममा असहमति हुनासाथ रिसाएर हिँड्ने र अर्को वक्ताको विचारप्रति असम्मानजनक टिप्पणी गर्नु उचित नहुने उनको भनाइ थियो।

उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा आज भएको बैठकमा सांसद तामाङ र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन बीच केहीबेर भनाभन भएको थियो। महर्जनले आफ्नो धारणा राखिरहेकै क्रममा तामाङ बैठकस्थलबाट रिसाएर बाहिरिएकी थिइन्।

तामाङ बैठकबाट बाहिरिएपछि कार्यवाहक प्रमुख डङ्गोलले नाम नलिई असन्तुष्टि व्यक्त गर्दै लोकतान्त्रिक अभ्यासमा फरक मत राख्न पाइने भए पनि त्यसलाई असम्मानको विषय बनाउन नहुने बताइन्।

उनले भनिन्, “बैठकमा आफ्नो भनाइ राख्ने र अर्को वक्ताले आफूले जस्तो बोलेन भनेर चित्त बुझेन भन्दै असम्मान गर्न पाइँदैन। समस्याको समाधान खोज्नेतिर लाग्नुपर्छ। रिसाउने, चर्केर जाने र जथाभाबी बोल्ने काम गर्नु हुँदैन।”

‘फोहोरमा राजनीति होइन, समाधान खोजौँ’

डङ्गोलले उपत्यकाको फोहोर व्यवस्थापन जस्तो गम्भीर विषयमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा समाधानमुखी छलफल आवश्यक रहेको बताइन्।

उनले सङ्घ, प्रदेश वा स्थानीय तहले काम गरेन भनेर एकअर्कालाई दोषारोपण गर्दै बस्नुभन्दा सबै तह मिलेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिइन्।

उनले भनिन्, “यो सङ्घले गरेन, प्रदेशले गरेन वा स्थानीय तहले गरेन भनेर दोष लगाउँदै जाने हो भने समाधान निस्कँदैन। समाधान खोज्नुभन्दा पहिले नै एकअर्कालाई दोषारोपण गरिरह्यौँ भने त्यो फोहोरमा राजनीति गर्नु सरह हुन्छ।”

कुन दल वा कुन राजनीतिक रङको सरकार सत्तामा छ भन्नेभन्दा पनि फोहोर व्यवस्थापनको समस्या समाधान गर्नु अहिलेको प्राथमिकता हुनुपर्ने उनको भनाइ थियो।

“अब कसको सरकार छ, कुन रङको सरकार छ भनेर नहेरौँ। सबै कुरा छोडेर समस्याको समाधान खोज्नेतर्फ लागौँ,” उनले भनिन्।

काठमाडौँ महानगर सहयोगका लागि तयार

कार्यवाहक प्रमुख डङ्गोलले फोहोर व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिका आफ्नो जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा तयार रहेको बताइन्।

उनले छलफलबाट आएका सुझाव र सरोकारलाई समेटेर अघि बढ्न महानगर तयार रहेको उल्लेख गरिन्।

उनले भनिन्, “हामी शतप्रतिशत प्रतिबद्ध छौँ। काठमाडौँ महानगरपालिकाबाट जे–जे गर्नुपर्छ, त्यसका लागि हामी तयार छौँ। यहाँहरूले आफ्ना सुझाव राख्न सक्नुहुन्छ। हामी केवल निर्णय सुन्ने होइनौँ, छलफलबाट अघि बढ्न चाहन्छौँ।”

उनका अनुसार काठमाडौँ उपत्यकाका सबै स्थानीय तहका प्रमुखहरू समस्या समाधानका लागि सहकार्य गर्न तयार छन्। तर समाधान खोज्ने बाटो छाडेर दोषारोपणको राजनीति गर्न नहुनेमा उनले जोड दिइन्।

वादविवादबाट संवाद खोज्नुपर्ने

बैठकमा मतभेद हुनु अस्वाभाविक नभए पनि त्यसलाई संवादको माध्यमबाट समाधान गर्नुपर्ने डङ्गोलको भनाइ थियो।

उनले भनिन्, “यो लोकतन्त्रको सुन्दर पक्ष हो कि यहाँ वादविवाद हुन्छ। तर त्यही वादविवादबाट अन्ततः संवाद खोज्नुपर्छ। आज समस्या भएर नै हामी सबै यहाँ भेला भएका हौँ। त्यसैले सबैले आफ्नो कुरा राख्दा समाधान के हो भन्ने विषयमा पनि सोच्नुपर्छ।”

आफूले सोचेअनुसार अर्को व्यक्तिले नबोलेको भन्दै रिसाउने, चर्केर प्रतिक्रिया दिने वा बैठक नै छाडेर जाने प्रवृत्तिले समस्या समाधानमा सहयोग नगर्ने उनको भनाइ थियो।

‘विगतको आरोप सुन्दै हैरान भयौँ’

डङ्गोलले फोहोर व्यवस्थापनको विषयमा विगतदेखि नै राजनीतिक स्वार्थ र आरोप–प्रत्यारोप हुने गरेको चर्चा गर्दै अब त्यो प्रवृत्तिबाट बाहिर निस्कनुपर्ने बताइन्।

“धेरै समयदेखि फोहोरमा ठूलो राजनीति हुन्छ भनेर सुन्दै आएका छौँ। तर अब धेरै कुरा परिवर्तन भइसकेका छन्,” उनले भनिन्, “पहिले कसैले फोहोरमा राजनीति गरेको भए पनि अब त्यसलाई छाडेर अघि बढौँ। फोहोरको साँच्चिकै समस्या छ भने समाधानतिर लागौँ।”

विगतमा कसले के गर्‍यो र कसले के गरेन भन्ने बहस मात्र गरिरहँदा समस्या समाधान नहुने उनको भनाइ थियो।

“तपाईँहरूले हिजोदेखि यो गरिरहनुभएको छ भन्ने भाषा सुन्दासुन्दै हैरान भइसकेका छौँ,” उनले भनिन्, “म पनि धेरै पहिले आएको व्यक्ति होइन। तर म यहाँ फोहोर व्यवस्थापनको समस्या समाधान गर्नुपर्छ भन्ने उद्देश्यका साथ अघि बढेको छु।”

उपत्यकाको फोहोर व्यवस्थापन लामो समयदेखि काठमाडौँ, ललितपुर, भक्तपुर र अन्य स्थानीय तहका लागि चुनौतीपूर्ण विषय बन्दै आएको छ। यस्ता समस्या समाधानका लागि राजनीतिक दल, स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको अवस्थामा बैठकमै देखिएको तिक्तताले भने उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी बहसलाई थप चासोको विषय बनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, विदेश जाने सेवाग्राही सबैभन्दा बढी मारमा

सरकारी सफ्टवेयरका लागि छुट्टै केन्द्र, ३० स्थायी कर्मचारी रहने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘MAGA Woke’: Report Details Right’s Escalating Crackdown on Free Speech

Film Review: ‘The End of Oak Street’ Offers Little Beyond Recycled Nostalgia

Assam Floods Leave Over 100 Dead, Hundreds of Thousands Displaced

Nepal Home Minister Pledges Justice in Child Death Case

Nepal’s Prime Minister Travels to Mustang

Prince Harry, Elton John Face $13 Million Bill After Privacy Case Loss

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu