ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गरिमा चौधरी हत्यामा अधिकतम न्याय दिलाउन सरकार प्रतिबद्ध : गृहमन्त्री गुरुङ


ABC NEWS
६ भदौ २०८३, शनिबार   २ : ३५   बजे

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध नियन्त्रणका लागि बलियो कानुनी तथा संस्थागत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले घटनामा कानुनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

सामाजिक सञ्जालमार्फत उहाँले घटनाका आरोपितलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिनुभएको छ ।

“हाम्रो लक्ष्य एउटा घटनामा दोषीलाई सजाय दिलाउनुमा मात्र सीमित छैन । हाम्रा छोरी डराएर होइन, सुरक्षित भएर बाँच्न सक्ने समाज निर्माण गर्नु हो,” उहाँले लेख्नुभएको छ ।

गृहमन्त्री गुरुङले विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै घटनाको अनुसन्धान प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । उहाँले कानुनको पूर्ण पालना गर्दै दोषीलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रहरीको लापरबाहीबारे पनि छानबिन

घटनाको प्रारम्भिक चरणमा प्रहरीबाट लापरबाही भएको भन्ने प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीमाथि समेत छानबिन तथा कारबाहीको प्रक्रिया अघि बढाइएको गृहमन्त्री गुरुङले स्पष्ट पार्नुभएको छ ।

उहाँका अनुसार प्रहरीबाट भएको भनिएको लापरबाहीको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गरिएको छ । अनुसन्धान निष्पक्ष रूपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उहाँले बताउनुभएको छ ।

गृहमन्त्री गुरुङले जघन्य अपराध नियन्त्रणका लागि तत्कालीन घटनामा कारबाहीसँगै दीर्घकालीन रूपमा कानुनी र संस्थागत सुधार आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

खनालको चेतावनी– ‘अहिलेकै नेतृत्व र विचार रहे एमाले ध्वस्त हुन्छ’

म्याग्दी र मनाङका दुई प्रमुख सडक पहिरोले अवरुद्ध

सम्बन्धित

अनुदानको युरिया वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन पक्राउ

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

झापामा १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ४० वर्षीय पक्राउ

आजको मौसम : देशभर बदली, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

तस्करीका सामानसहित पक्राउ परेकालाई छाडेको आरोपपछि बोदेबरसाइनका सई जिल्ला तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu