ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेटौँडा कपडा उद्योगका सबै लुम केही महिनाभित्र सञ्चालनमा ल्याइने मन्त्री यादवको दाबी


ABC NEWS
६ भदौ २०८३, शनिबार   २ : ३५   बजे

हेटौँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले केही महिनाभित्र उद्योगका सबै लुम सञ्चालनमा ल्याएर कपडा उत्पादन सुरु गर्ने दाबी गरेकी छन्।

शनिबार हेटौँडा कपडा उद्योगको अनुगमन गर्दै मन्त्री यादवले उद्योग सञ्चालनका लागि सरकारले अघि बढाएको काम व्यवहारमै देखिन थालेको बताइन्। बिग्रिएर थन्किएका मेसिन मर्मत गरी केही लुमबाट परीक्षण उत्पादन सुरु भइसकेको उनले जानकारी दिइन्।

‘सरकारले स्टन्टबाजी गरिरहेको भनेर चर्चा भएजस्तो अवस्था होइन। मेसिन मर्मत गरेर परीक्षण उत्पादन सुरु भइसकेको छ,’ मन्त्री यादवले भनिन्, ‘अबको केही महिनाभित्र सबै लुम सञ्चालनमा ल्याएर कपडा उत्पादन गर्छौँ।’

सरकारी उद्योग पुनः सञ्चालनमा आउन थालेपछि केही निजी उद्योगीले उद्योग सञ्चालन रोक्न विभिन्न माध्यमबाट अवरोध सिर्जना गर्न खोजेको दाबीसमेत मन्त्री यादवले गरिन्। तर, सरकारले आफ्नो निर्णयबाट पछि नहट्ने उनको भनाइ छ।

‘सरकारी उद्योग सञ्चालनमा आउन थालेपछि केही निजी उद्योगीहरूले रोक्नका लागि विभिन्न तत्त्व प्रयोग गरिरहेका छन्। तर सरकार आफ्नो निर्णयबाट पछि हट्दैन,’ उनले भनिन्।

२६ वर्षदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा नेपाली सेनाको प्राविधिक टोलीले बिग्रिएर थन्किएका मेसिन मर्मत गरेपछि पुनः सञ्चालनको प्रक्रिया अघि बढेको हो।

हाल उद्योगमा १० वटा लुम सञ्चालनमा ल्याएर कपडा उत्पादनको परीक्षण भइरहेको छ। सरकारले क्रमशः उद्योगका सबै लुम सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गरिमालाई न्याय दिनु सरकारको पहिलो प्राथमिकता हो : गृहमन्त्री गुरुङ

रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि बनेको छ : झलनाथ खनाल

सम्बन्धित

अनुदानको युरिया वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन पक्राउ

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

झापामा १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ४० वर्षीय पक्राउ

आजको मौसम : देशभर बदली, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

तस्करीका सामानसहित पक्राउ परेकालाई छाडेको आरोपपछि बोदेबरसाइनका सई जिल्ला तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu