ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गरिमालाई न्याय दिनु सरकारको पहिलो प्राथमिकता हो : गृहमन्त्री गुरुङ


ABC NEWS
६ भदौ २०८३, शनिबार   ४ : ४५   बजे

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधबाट आफू अत्यन्त दुःखी र स्तब्ध भएको बताएका छन्। उनले सरकारको पहिलो प्राथमिकता गरिमा चौधरीलाई न्याय दिलाउनु रहेको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले घटनाप्रति आम नागरिक, महिला तथा बालबालिकामा देखिएको आक्रोश आफूले पनि महसुस गरेको बताएका छन्। एउटी बालिकामाथि भएको अपराधको पीडा परिवारको मात्र नभई समग्र समाजको पीडा भएको उनको भनाइ छ।

उनले घटनाको पहिलो दिनदेखि नै सरकार मौन वा निष्क्रिय नरहेको दाबी गर्दै प्रभावकारी अनुसन्धानका लागि विगतका कमजोरीबाट पाठ सिकेर काम भइरहेको बताएका छन्।

‘घटनालाई अत्यन्त संवेदनशील रूपमा लिँदै प्रभावकारी अनुसन्धानका लागि ढिलाइ नगरी विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै, कुनै पनि किसिमको बाधा वा त्रुटि नहोस् भन्नेमा सचेत भएर अनुसन्धान भइरहेको छ,’ उनले भनेका छन्।

गृहमन्त्रीका अनुसार घटनामा आरोपितलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक चरणमा प्रहरीबाट लापरबाही भएको भन्ने गम्भीर प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीमाथि समेत छानबिन तथा कारबाहीको प्रक्रिया अघि बढाइएको उनले बताएका छन्।

मृत्युदण्डको मागबारे

गरिमा चौधरीको घटनापछि मृत्युदण्डको माग उठिरहेका बेला गृहमन्त्री गुरुङले नेपालमा मृत्युदण्डसम्बन्धी कानुनी व्यवस्था नरहेको र त्यस्तो कानून बनाउनसमेत नमिल्ने बताएका छन्।

‘मृत्युदण्डको मागमा देखिएको आक्रोशलाई पनि म बुझ्छु। तर नेपालको संविधानको धारा १६ को उपधारा २ ले मृत्युदण्ड दिने गरी कानून बनाउन निषेध गरेको छ र नेपालले मृत्युदण्ड उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतामा समेत हस्ताक्षर गरेको छ,’ उनले भनेका छन्।

उनका अनुसार गृह प्रशासनको मुख्य जिम्मेवारी निष्पक्ष, वैज्ञानिक र प्रभावकारी अनुसन्धान गर्नु हो। प्रमाण सुरक्षित गर्ने, दोषी उम्कन नदिने र पीडितलाई न्याय दिलाउनेतर्फ सरकार केन्द्रित रहेको उनले बताएका छन्।

कानून संशोधनको तयारी

गृहमन्त्री गुरुङले कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सरकारमा आएपछि महिला तथा बालबालिकाविरुद्ध हुने जघन्य अपराधसम्बन्धी विद्यमान कानुनी बाधा हटाउने निर्णय गरेको बताएका छन्।

उनका अनुसार आवश्यक कानुन संशोधनको मस्यौदा तयार गरी संसदीय प्रक्रियामा लैजाने तयारी भइरहेको छ। कानून निर्माण समय लाग्ने प्रक्रिया भए पनि सरकार निष्क्रिय नरहेको उनको भनाइ छ।

थप चार जना पक्राउ

गृहमन्त्री गुरुङले गरिमाका अभिभावकले जाहेरी दिएपछि अनुसन्धानका लागि थप चार जनालाई पक्राउ गरिएको जानकारी दिएका छन्।

उनले अनुसन्धान प्रमाणमा आधारित, निष्पक्ष र वैज्ञानिक हुनुपर्ने भन्दै घटनालाई राजनीतिकरण नगर्न तथा अपुष्ट सूचनाका आधारमा ‘मिडिया ट्रायल’ नगर्न आग्रह गरेका छन्।

‘निर्दोष फस्नु हुँदैन,’ उनले भनेका छन्।

आक्रोशका कारण अनुसन्धान तथा न्यायिक प्रक्रियालाई प्रभावित पार्ने कामले अन्ततः न्याय नै कमजोर बनाउने भन्दै गृहमन्त्री गुरुङले विगतका घटनाबाट पाठ सिकेर संयमित रूपमा अनुसन्धान अघि बढाउन आग्रह गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौं महानगरले ९२ निजी विद्यालयको स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढायो

राहत शिक्षकले सेवा सुविधा नबढाए आन्दोलन गर्ने चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

काठमाडौं महानगरले ९२ निजी विद्यालयको स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढायो

वनका रुख काटेको दृश्य वन विनाश होइन, ‘वन सम्वर्धन प्रणाली’को एक चरण

झापामा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ४० वर्षीय पक्राउ

टप एन्ड टी–२० : बंगलादेशसँग नेपाल ‘ए’ ९ विकेटले पराजित

राहत शिक्षकले सेवा सुविधा नबढाए आन्दोलन गर्ने चेतावनी

काठमाडौं महानगरले ९२ निजी विद्यालयसँग माग्यो स्पष्टीकरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu