झापा । मेचीनगर नगरपालिका–१५ का ४० वर्षीय अशोककुमार राईलाई १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार राईलाई शुक्रबार (भदौ ५) साँझ पक्राउ गरिएको हो। किशोरीमाथि बलात्कार गरेको आरोपमा उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छैन। पक्राउ परेका राईलाई अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्