ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुवेतमा घरेलु कामदार पठाउने भन्दै महिलालाई प्रलोभन दिने आरोपमा एक पक्राउ


ABC NEWS
६ भदौ २०८३, शनिबार   ६ : ०५   बजे

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा बस्दै आएकी नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–११ की ३१ वर्षीया ममता पछाई रहेकी छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार पछाईलाई शुक्रबार (भदौ ५) तारकेश्वर–७, थापागाउँबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार एक महिलालाई घरेलु कामदारका रूपमा कुवेत पठाएर करिब डेढ महिनादेखि बन्धक बनाएर राखिएको सूचना प्राप्त भएपछि परराष्ट्र मन्त्रालय तथा सम्बन्धित नेपाली राजदूतावाससँग समन्वय गरी उद्धार गरिएको थियो।

त्यसपछि ती महिलालाई कुवेत पठाउने कार्यमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पछाईलाई पक्राउ गरेको हो।

सामाजिक सञ्जालमार्फत प्रलोभन

प्रहरीका अनुसार पछाईले फेसबुक, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिसँग अनलाइन सम्पर्क गरी आकर्षक तलब तथा सुविधाको प्रलोभन देखाउँदै घरेलु कामदारका रूपमा कुवेत पठाइदिने बताउने गरेकी थिइन्।

यसरी उनले विभिन्न स्थानबाट महिलालाई काठमाडौं बोलाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पछिल्लो पटक पछाईको सम्पर्कमा आएका नौ जना महिलालाई समेत कुवेत पठाउने तयारी भइरहेको अवस्थामा प्रहरीले उनीहरूको उद्धार गरेको जनाएको छ।

प्रहरीले पक्राउ परेकी पछाईविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही अघि बढाएको छ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनको मन्त्री यादवद्वारा निरीक्षण

ग्रीन रन महिला रि–रन’ सम्पन्न, पूर्णलक्ष्मी न्यौपाने प्रथम

सम्बन्धित

मंसिरपछि महाधिवेशन धकेल्दा कांग्रेसको वैधानिकता संकटमा पर्न सक्छ : विश्वप्रकाश शर्मा

वनका रुख काटेको दृश्य वन विनाश होइन, ‘वन सम्वर्धन प्रणाली’को एक चरण

झापामा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ४० वर्षीय पक्राउ

गरिमा चौधरी हत्याकाण्डको विरोधमा बुटवलमा प्रदर्शन, दोषीलाई कडा कारबाहीको माग

अनुदानको युरिया वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन पक्राउ

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu