ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनकपुरधाममा सात पोखरीका ६५ घरटहरा भत्काइँदै


ABC NEWS
६ भदौ २०८३, शनिबार   २ : ४५   बजे

जनकपुरधाम । धनुषाको जनकपुरधाममा पोखरीको अतिक्रमित डिल खाली गराउने अभियान सुरु गरिएको छ । शनिबार बिहानदेखि पहिलो चरणमा सातवटा पोखरीको अतिक्रमण हटाउन थालिएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार सात पोखरीको डिलमा ६५ वटा घरटहरा निर्माण गरी अतिक्रमण गरिएको छ । गोरधोइ पोखरीबाट अतिक्रमण हटाउने काम सुरु गरिएको उनले जानकारी दिए ।

गोरधोइपछि विषहरा पोखरी, रतनसागर, दशरथ तलाउ, अरगजासर, मुरलीसर र दिर्घीकासर पोखरीको अतिक्रमण हटाइनेछ ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार असारको अन्तिम साता अतिक्रमित क्षेत्रको नापनक्सा गरिएको थियो । त्यसपछि सम्बन्धित स्थानमा मार्किङ गरी जग्गाधनीलाई जानकारी गराइएको र साउन १ गते अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरिएको थियो ।

उनले भने, “सात पोखरीमा ६५ वटा घरटहरा रहेका छन् । ती सबै भत्काइनेछ ।”

गुठी संस्थानले गत साउन १ गते अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेको थियो । शुक्रबार जनकपुर नगर क्षेत्रमा माइकिङ गरेर समेत स्वेच्छाले स्थान खाली गर्न अनुरोध गरिएको थियो । तर, अतिक्रमित संरचना नहटाएपछि प्रशासनले आफैँ हटाउन थालेको हो ।

तीन चरणमा अतिक्रमण हटाइँदै

जनकपुरधाममा गुठी तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाउने अभियान तीन चरणमा सञ्चालन गर्ने योजना छ ।

पहिलो चरणमा पोखरीका अतिक्रमित डिल खाली गराइनेछ । कुल ४९ पोखरीमध्ये यस चरणमा सातवटा पोखरीलाई अतिक्रमणमुक्त बनाइनेछ ।

त्यसपछि दोस्रो चरणमा मन्दिर परिसरका अतिक्रमित जग्गा खाली गराइनेछ भने तेस्रो चरणमा अन्य स्थानमा रहेका अतिक्रमित संरचना हटाउने योजना रहेको जनाइएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गरिमालाई न्याय दिनु सरकारको पहिलो प्राथमिकता हो : गृहमन्त्री गुरुङ

रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि बनेको छ : झलनाथ खनाल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Prioritizes Land Title Resolution, Minister Urges Local Support

South African Police Dismantle $30 Million Crystal Meth Lab

गरिमालाई न्याय दिनु सरकारको पहिलो प्राथमिकता हो : गृहमन्त्री गुरुङ

रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि बनेको छ : झलनाथ खनाल

एआईदेखि हेली उद्धारसम्म : गण्डकीको स्वास्थ्य सेवामा देखिएको दशकको फड्को

DR Congo Receives First Shipment of Ebola Vaccine Amid Surging Outbreak

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu