चितवन । खैरहनी नगरपालिका–१, तरकारी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार दिउँसो बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
Originally published on abcnews.com.np.
चितवन । खैरहनी नगरपालिका–१, तरकारी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार दिउँसो बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल तरकारी चोकमा एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा गम्भीर घाइते भएका करिब ३० वर्षीय पुरुष र २५ वर्षीया युवतीलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार उपचारका क्रममा शनिबार अपराह्न दुवै जनाको मृत्यु भएको हो।
मृतक दुवैको परिचय भने खुलिनसकेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ का ५१ वर्षीय अजयकुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले बस र मोटरसाइकल दुवैलाई नियन्त्रणमा राखेको जनाएको छ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्