काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले शनिबार देशभर सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी र सुदूरपश्चिमका तराई तथा मधेश प्रदेशका साथै कोशी र लुम्बिनीका तराई क्षेत्रमा पनि केही स्थानमा मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी भूभागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। मधेश तथा कोशी, बागमती र गण्डकीका तराई क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।
कोशी र बागमतीका पहाडी तथा तराई क्षेत्र र गण्डकीको पहाडी भूभागका एक–दुई स्थानमा रातिसमेत भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना हेर्न विभागले अनुरोध गरेको छ।
काठमाडौंमा पनि आज वर्षाको सम्भावना कायम छ र साँझतिर मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान छ।
Kathmandu, Nepal
29°
C
/
F
Broken intervals and humid; a shower or thunderstorm around this afternoon
Sat

29°
21°
Sun

29°
21°
Mon

28°
20°
Tue

28°
21°
Wed

27°
21°
Thu

27°
20°
Fri

29°
20°
Sat

28°
20°
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्