काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१५ मा १८ वर्षीया किशोरीलाई ललाइफकाई जबर्जस्ती करणी गरेको आरोपमा ४० वर्षीय अशोककुमार राई पक्राउ परेका छन्।
Originally published on abcnews.com.np.
काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१५ मा १८ वर्षीया किशोरीलाई ललाइफकाई जबर्जस्ती करणी गरेको आरोपमा ४० वर्षीय अशोककुमार राई पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार स्थानीय राईले किशोरीलाई ललाइफकाई जबर्जस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
घटनाबारे जानकारी पाएपछि प्रहरीले राईलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। घटनासम्बन्धी थप विवरण प्रहरीले सार्वजनिक गरेको छैन।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्