ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आदिवासी–जनजातिको पहिचान हुनुपर्ने माग


एबीसी न्यूज
४ बैशाख २०७५, मंगलबार   ११ : ०६   बजे

 

राजविराज, ४ वैशाख ।  नेपाल आदिवासी जनजाति महासंघ सप्तरीले सात बुँदे विभिन्न माग राखी सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङको नेतृत्वमा आदिवासी जनजातिसँग आबद्ध जातीय संगठन, सम्बन्धित संगठन र स्थानीय तहका गरी २२ वटा संगठनका अध्यक्षको संयुक्त हस्ताक्षर रहेको उक्त ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयलाई बुझाइएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी पाण्डेयमार्फत प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषदको कार्यालयलाई आदिवासी जनजातिको पहिचानसँग जोडिएको बिदा कटौतीको निर्णय फिर्ता गर्नुपर्नेलगायतका विभिन्न माग राखी ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेयले सम्बन्धित ठाउँमा तत्कालै पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ज्ञापनपत्र बुझाउने क्रममा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष तामाङले आदिवासी जनजातिसहितका उत्पीडनमा परेका समुदायको पहिचानसँग जोडिएका सार्वजनिक बिदा फिर्ता लिन सरकारसँग माग गर्नुभयो ।

यता आदिवासी जनजातिद्वारा घोषित शान्तिपूर्ण पहिलो चरणको आन्दोलनलाई बेवास्ता गरिएमा अझै सशक्त आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

महासंघद्वारा बुझाएको ज्ञापनपत्रमा राष्ट्रियस्वरुप ग्रहण गरेका विभिन्न समुदायको पहिचान जनित सार्वजनिक बिदा खारेजीको निर्णय फिर्ता लिनुपर्ने, सरकार र आदिवासी जनजातिबीच भएको सम्झौताको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने, समानुपातिक समावेशी सिद्धान्तको मर्म र भावनालाई सही ढंगले कार्यान्वयन गर्नुपर्ने, संविधानको भावनाअनुरुप विशेष, संरक्षित र स्वायत्त क्षेत्र तुरुन्त गठन गनुपर्ने, पहिचानजनित अन्दोलनका राजबन्दीलाई क्षतिपूर्तिसहित रिहाई गनुपर्ने, गाईको मासु खाएको आरोपमा जेल जीवन बिताइरहेकालाई क्षतिपूर्तिसहित अविलम्ब रिहाइ गनुपर्नेलगायतका माग गरिएको छ ।

मुलुकका ३५.२ प्रतिशत जनताले मनाउँदै आएका सांस्कृतिक पर्व तमु, सोनाम र ग्याल्बो ल्होसार, उधौली तथा माघेसंक्रान्ति पर्वको सार्वजनिक बिदा खारेजी गर्ने सरकारले गरेको निर्णय तत्काल फिर्ता, प्रदेशको नामांकन गर्दा पहिचान र स्थानीय भाषालाई मान्यता दिनुपर्ने उनीहरुले माग राखेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group