काठमाडौं । नेपाल सरकारको रिक्त एक सचिव पदका लागि वरिष्ठताका आधारमा तीन जना सहसचिवको नाम बढुवा सिफारिस गरिएको छ।
Originally published on abcnews.com.np.
काठमाडौं । नेपाल सरकारको रिक्त एक सचिव पदका लागि वरिष्ठताका आधारमा तीन जना सहसचिवको नाम बढुवा सिफारिस गरिएको छ।
लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले इन्दु घिमिरे, श्रीकृष्ण नेपाल र नारायणप्रसाद भट्टको नाम सचिव पदमा बढुवाका लागि सिफारिस गरेको हो।
वरिष्ठता क्रमअनुसार इन्दु घिमिरे पहिलो, श्रीकृष्ण नेपाल दोस्रो र नारायणप्रसाद भट्ट तेस्रो स्थानमा रहेको जनाइएको छ। यसअघि बढुवा प्रक्रियामा घिमिरे दोस्रो नम्बरमा थिइन्। कमल भट्टराई सचिव पदमा बढुवा भएपछि घिमिरे वरिष्ठताको पहिलो नम्बरमा पुगेकी हुन्।
अब मन्त्रिपरिषद्ले सिफारिस गरिएका तीनमध्ये एक जनालाई सचिव पदमा बढुवा गर्नेछ। सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्ने सम्भावना रहेको छ।
घिमिरे हाल पर्यटन मन्त्रालयमा कार्यरत छिन्। श्रीकृष्ण नेपाल एसियाली विकास बैंक (एडीबी)का वैकल्पिक कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् भने नारायणप्रसाद भट्ट राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत छन्।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्