ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानमा ५.९ म्याग्निच्युडको भूकम्प, ३७ जना घाइते


ABC NEWS
७ भदौ २०८३, आइतबार   ३ : १५   बजे

टोकियो । जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा परी टोकियोसहित पाँच प्रिफेक्चरमा कम्तीमा ३७ जना घाइते भएका छन् । अधिकारीहरूले भने सुनामीको खतरा नरहेको बताएका छन् ।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु दक्षिणी इबाराकी प्रान्तमा जमिनको सतहबाट करिब ७० किलोमिटर गहिराइमा थियो । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भने भूकम्पको तीव्रता ५.८ म्याग्निच्युड रहेको जनाएको छ ।

प्रिफेक्चरल अधिकारी तथा अग्नि एवं विपद् व्यवस्थापन निकायका अनुसार टोकियोमा १५, साइतामामा नौ, कानागावामा आठ, चिबामा चार र इबाराकीमा एक जना घाइते भएका छन् ।

अधिकांश घाइते भूकम्पका क्रममा लड्दा वा फर्निचर तथा ढोकामा ठोक्किँदा घाइते भएको जनाइएको छ । कानागावा प्रान्तको योकोहामामा ८० वर्षीया एक महिला ओछ्यानबाट लडेर गम्भीर घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पपछि टोकियो र नारिता विमानस्थल जोड्ने एक्सप्रेस रेल तथा उत्तरपूर्वी क्षेत्रमा सञ्चालन हुने केही स्थानीय रेल सेवामा ढिलाइ भएको थियो । यद्यपि, सिन्कानसेन बुलेट रेल सेवा सामान्य रूपमा सञ्चालन भएको पूर्वी जापान रेलवे कम्पनीले जनाएको छ ।

प्रधानमन्त्री साने ताकाइचीले सम्भावित क्षतिको मूल्यांकन गर्न सरकारले कार्यदल गठन गरेको जानकारी दिएका छन् ।

जापानको मौसम विज्ञान एजेन्सीले प्रभावित क्षेत्रका बासिन्दालाई आगामी एक सातासम्म थप मध्यम खालका भूकम्प आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

टोकियोको कोटो वार्डमा भूमिगत पानीको पाइप फुटेर सडकमा पानी बगेको थियो । चुहावटको मर्मत गरी पानी चुहिने क्रम रोकिएको जनाइएको छ ।

यसैबीच, आणविक नियमन प्राधिकरणले देशका आणविक ऊर्जा केन्द्र तथा अन्य आणविक सामग्रीसम्बन्धी सुविधामा कुनै असामान्य अवस्था नदेखिएको जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सत्ता र चुनावमै अलमलिँदा कम्युनिस्ट आन्दोलनमाथि संकट आयो’ : प्रचण्ड

सरकारको स्वेच्छाचारितालाई रोक्ने बलियो विकल्प नै छैन: प्रदीप ज्ञवाली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal’s Irrigation Projects Key to Agricultural Growth, Minister Says

म्याग्दीमा पर्यटकीय पूर्वाधार विस्तार, एक वर्षमा चार किलोमिटरभन्दा बढी पदमार्ग निर्माण

‘सत्ता र चुनावमै अलमलिँदा कम्युनिस्ट आन्दोलनमाथि संकट आयो’ : प्रचण्ड

नागरिकको ढाड सेक्ने करविरुद्ध देशव्यापी अभियान चलाउँछौँ : कुलमान घिसिङ

क्यानडाको जवाफी ट्यारिफपछि ट्रम्प आक्रोशित, दुई देशबीच व्यापार तनाव चर्किँदै

आँधी ‘नारा’ हङकङतर्फ नजिकिँदै, मंगलबार वा बुधबार चेतावनी संकेत जारी हुन सक्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu