ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महेश्वरभक्त श्रेष्ठको नियुक्ति खारेजी : सरकारको निर्णय प्रक्रियामाथि प्रश्न


ABC NEWS
७ भदौ २०८३, आइतबार   ३ : २५   बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले गरेका कतिपय महत्त्वपूर्ण निर्णय अदालतबाट खारेज हुन थालेपछि सरकारको निर्णय प्रक्रिया र कानुनी परामर्शको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ ।

मन्त्रिपरिषद्का सबै सदस्य कानुनका ज्ञाता नहुन सक्छन् । तर, कानुनअनुसार गर्न नमिल्ने निर्णयका विषयमा सम्बन्धित कर्मचारी तथा कानुनी निकायबाट आवश्यक सुझाव प्राप्त हुनुपर्ने हो । त्यस्तो सुझाव नलिइएको हो वा बेवास्ता गरिएको हो भन्ने प्रश्नसमेत उठेको छ ।

नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई गरिएको नियुक्ति सर्वोच्च अदालतले बदर गरेपछि सरकारको निर्णय प्रक्रियामाथि थप प्रश्न उठेको हो । मन्त्रिपरिषद्को गत असार ३० गतेको निर्णयबाट श्रेष्ठलाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गरिएको थियो ।

प्रचलित कानुनी व्यवस्थाअनुसार सार्वजनिक निकायका कार्यकारी पदमा ६५ वर्ष उमेर नाघेको व्यक्तिलाई नियुक्त गर्न मिल्दैन । सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ तथा निगमको महाप्रबन्धक छनोटसम्बन्धी कार्यविधि, २०८२ मा महाप्रबन्धक पदका लागि ३५ वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेको व्यक्ति हुनुपर्ने व्यवस्था छ ।

सरकारले श्रेष्ठलाई कार्यकारी अध्यक्ष नियुक्त गर्दै महाप्रबन्धकको समेत कामकाज गर्ने जिम्मेवारी दिएको थियो । यही कानुनी प्रावधानका आधारमा उनको नियुक्ति बदर भएको देखिन्छ ।

श्रेष्ठको नियुक्ति बदर हुनु आफैँमा ठूलो विषय नभए पनि सामान्य कानुनी प्रावधानसमेत मन्त्रिपरिषद्को निर्णयमा ध्यान नदिनु भने सरकारको निर्णय प्रक्रियाका लागि गम्भीर विषय हो ।

कर्मचारीको भूमिकामाथि प्रश्न

मन्त्रिपरिषद्लाई नीतिगत तथा कार्यकारी निर्णयमा आवश्यक सल्लाह दिन र निर्णय कार्यान्वयन गर्न स्थायी कर्मचारी संयन्त्र रहेको हुन्छ । गम्भीर कानुनी विषयमा सरकारलाई सुझाव दिन महान्यायाधिवक्ताको संवैधानिक व्यवस्थासमेत छ ।

त्यसैले मन्त्रिपरिषद्बाट हुने निर्णयमा सामान्य कानुनी त्रुटि दोहोरिनु स्वाभाविक मानिँदैन । प्रधानमन्त्री वालेन्द्र शाहले कर्मचारी तथा मन्त्रिपरिषद्का सदस्यभन्दा सल्लाहकारहरूमा बढी निर्भर हुने गरेको चर्चा हुँदै आएको छ । सरकारका निर्णयमा देखिएका कानुनी तथा प्राविधिक त्रुटिले त्यस्ता प्रश्नलाई थप बल दिएको देखिन्छ ।

मुख्यसचिवको जिम्मेवारी

श्रेष्ठको नियुक्ति बदर भएपछि मुख्यसचिवलगायत मन्त्रिपरिषद्को कार्यालयको भूमिकामाथि पनि प्रश्न उठेको छ । मन्त्रिपरिषद्मा प्रस्ताव पुगेपछि निर्णयको प्रक्रियागत तथा कानुनी पक्ष हेर्ने जिम्मेवारी सम्बन्धित संयन्त्रको हुन्छ । निर्णय प्रमाणित गर्ने क्रममा समेत मुख्यसचिवको महत्त्वपूर्ण भूमिका रहन्छ ।

त्यसअघि नै निर्णय कानुनसम्मत नभएको विषय प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो कि थिएन भन्ने प्रश्न पनि उठेको छ । कानुनी समस्या थाहा हुँदाहुँदै निर्णय गरिएको हो भने सरकारको निर्णय शैलीमाथि थप समीक्षा आवश्यक देखिन्छ ।

स्थायी सरकारका रूपमा रहेको निजामती संयन्त्रलाई पन्छाएर शासन सञ्चालन गर्नुको सट्टा त्यसको विशेषज्ञता र संस्थागत अनुभवलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने आवश्यकता देखिन्छ । राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्रबीच समन्वय कमजोर हुँदा निर्णय कार्यान्वयनमा कानुनी तथा प्रशासनिक समस्या निम्तिन सक्छ ।

आगामी निर्णयमा सुधारको अपेक्षा

श्रेष्ठको नियुक्ति बदरको घटनाले सरकारलाई आगामी निर्णयमा थप सचेत हुनुपर्ने सन्देश दिएको छ । मन्त्रिपरिषद्ले निर्णय गर्नुअघि सम्बन्धित कानुनी तथा प्रशासनिक पक्षको पर्याप्त परीक्षण गर्ने र कर्मचारी संयन्त्रले पनि आफ्नो व्यावसायिक जिम्मेवारीअनुसार स्पष्ट सुझाव दिने अपेक्षा गर्न सकिन्छ ।

प्रधानमन्त्री शाहले पनि राजनीतिक सल्लाहकारसँगै अनुभवी कर्मचारी तथा सम्बन्धित विज्ञको सुझावलाई निर्णय प्रक्रियामा प्रभावकारी रूपमा समेट्न सके सरकारका आगामी निर्णयमा यस्ता कानुनी त्रुटि दोहोरिने सम्भावना कम हुनेछ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सत्ता र चुनावमै अलमलिँदा कम्युनिस्ट आन्दोलनमाथि संकट आयो’ : प्रचण्ड

सरकारको स्वेच्छाचारितालाई रोक्ने बलियो विकल्प नै छैन: प्रदीप ज्ञवाली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal’s Irrigation Projects Key to Agricultural Growth, Minister Says

म्याग्दीमा पर्यटकीय पूर्वाधार विस्तार, एक वर्षमा चार किलोमिटरभन्दा बढी पदमार्ग निर्माण

‘सत्ता र चुनावमै अलमलिँदा कम्युनिस्ट आन्दोलनमाथि संकट आयो’ : प्रचण्ड

नागरिकको ढाड सेक्ने करविरुद्ध देशव्यापी अभियान चलाउँछौँ : कुलमान घिसिङ

क्यानडाको जवाफी ट्यारिफपछि ट्रम्प आक्रोशित, दुई देशबीच व्यापार तनाव चर्किँदै

आँधी ‘नारा’ हङकङतर्फ नजिकिँदै, मंगलबार वा बुधबार चेतावनी संकेत जारी हुन सक्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu