ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सत्ता र चुनावमै अलमलिँदा कम्युनिस्ट आन्दोलनमाथि संकट आयो’ : प्रचण्ड


ABC NEWS
७ भदौ २०८३, आइतबार   ४ : ५५   बजे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक हस्तक्षेपविरुद्धको संघर्ष र कम्युनिस्ट आन्दोलनको मूल विचारलाई गम्भीरतापूर्वक आत्मसात गर्न नसक्दा मुलुक तथा कम्युनिस्ट आन्दोलनले अहिले असाधारण संकट भोग्नुपरेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट शक्तिहरू वर्गीय दृष्टिकोण, मूल विचार र दीर्घकालीन रणनीतिबाट विचलित हुँदै सत्ता, समीकरण र निर्वाचनकेन्द्रित राजनीतिमा सीमित हुँदा आन्दोलन कमजोर बनेको टिप्पणी गरे।

उनले आफूहरू प्रधानमन्त्री बन्ने, सरकार गठन गर्ने, सत्ता समीकरण बनाउने–भत्काउने, मन्त्री बन्ने र निर्वाचन जित्ने राजनीतिक प्रतिस्पर्धामै बढी केन्द्रित भएको स्वीकार गरे। तर, आफूहरू आन्तरिक सत्ता संघर्ष र राजनीतिक जोडघटाउमा व्यस्त रहँदा विरोधी शक्तिहरू भने नेपालमा बलियो बन्दै गएको कम्युनिस्ट आन्दोलनलाई रणनीतिक रूपमा कमजोर बनाउने योजनामा लागेको उनको आरोप थियो।

‘हामी सत्ता समीकरणमा, विरोधी रणनीतिमा’

प्रचण्डले विगतका राजनीतिक घटनाक्रमलाई आत्मसमीक्षासँग जोड्दै भने, “अहिले हामीले जे असाधारण संकट भोग्नुपरेको छ, त्यो भोग्न पर्दैनथ्यो।”

उनका अनुसार कम्युनिस्ट आन्दोलनले राजनीतिक सफलता प्राप्त गरेपछि त्यसको रक्षा र दीर्घकालीन रणनीतिमा केन्द्रित हुनुपर्नेमा नेतृत्व सत्ता प्राप्ति र निर्वाचनमुखी राजनीतिमा सीमित भयो।

“हामी प्रधानमन्त्री बन्ने, समीकरण बनाउने–भत्काउने, मन्त्री बन्ने र चुनाव जित्नेतिर मात्रै केन्द्रित भयौँ,” उनको भनाइ थियो।

उनले आफूहरू सत्ताको गणितमा केन्द्रित भइरहेका बेला विरोधी शक्तिहरू भने नेपालमा विस्तार भइरहेको कम्युनिस्ट प्रभावलाई कसरी रणनीतिक रूपमा समाप्त गर्ने भन्ने उद्देश्यसहित सक्रिय रहेको दाबी गरे।

“हाम्रो विरोधी चाहिँ नेपालबाट कम्युनिस्टहरू जसरी बढेका छन्, यसलाई रणनीतिक रूपमा सिध्याउनुपर्छ भन्नेमा केन्द्रित भएर लागिरहेका थिए,” उनले भने।

वैदेशिक हस्तक्षेपविरुद्धको संघर्ष कमजोर भएको दाबी

प्रचण्डले नेपालको राजनीतिक विकासक्रममा वैदेशिक शक्तिको प्रभाव र हस्तक्षेपलाई गम्भीर रूपमा बुझ्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार राष्ट्रिय राजनीति र कम्युनिस्ट आन्दोलनमाथि बाह्य प्रभावलाई गम्भीरतापूर्वक आत्मसात गरेर त्यसविरुद्ध निरन्तर संघर्ष गर्नुपर्नेमा त्यस पक्ष कमजोर रह्यो।

उनले पछिल्लो राजनीतिक संकटलाई केवल तत्कालीन सत्ता परिवर्तन वा दलहरूबीचको प्रतिस्पर्धाको परिणामका रूपमा मात्र नहेर्न आग्रह गर्दै यसलाई दीर्घकालीन राजनीतिक रणनीति, वैदेशिक हस्तक्षेप र कम्युनिस्ट आन्दोलनभित्रका वैचारिक कमजोरीसँग जोडेर हेर्नुपर्ने बताए।

भदौ २४ लाई ‘रणनीतिक अभिव्यक्ति’सँग जोडे

प्रचण्डले गत वर्ष भदौ २४ गते देखिएको राजनीतिक घटनाक्रमलाई समेत विरोधी शक्तिहरूको रणनीतिक केन्द्रीकरणको परिणामका रूपमा व्याख्या गरे।

उनका अनुसार, आफूहरू तत्कालीन राजनीतिक उपलब्धि, सरकार निर्माण र निर्वाचनमा केन्द्रित भइरहेका बेला कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने शक्ति भने दीर्घकालीन योजनाका साथ अघि बढिरहेको थियो।

“त्यही रणनीतिक केन्द्रीकरणको भयानक अभिव्यक्ति भदौ २४ गते देखियो,” प्रचण्डले भने।

उनको भनाइले पछिल्लो राजनीतिक संकटलाई कम्युनिस्ट आन्दोलनभित्रको वैचारिक विचलन, सत्ताकेन्द्रित राजनीति, आन्तरिक कमजोरी र उनले आरोप लगाएको वैदेशिक हस्तक्षेपसँग जोडेर नयाँ राजनीतिक बहस सुरु गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विद्यालय शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

प्रतिपक्षको भूमिकामा सशक्त हुन कांग्रेस नेता–कार्यकर्ता सुसूचित हुनुपर्छ : गगन थापा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जापानिज इन्सेफलाइटिसबाट २१ जनाको मृत्यु, ८० जनामा संक्रमण पुष्टि

विद्यालय शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

प्रतिपक्षको भूमिकामा सशक्त हुन कांग्रेस नेता–कार्यकर्ता सुसूचित हुनुपर्छ : गगन थापा

आगामी चुनाव लक्षित गर्दै एमालेले जनसंगठन परिचालन गर्ने

विद्यालय शिक्षा विधेयक निर्माण सरकारको पहिलो प्राथमिकता : शिक्षामन्त्री पोखरेल

स्मार्टफोन महँगिँदा आयातको मूल्य बढ्यो, संख्या घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu