काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी प्रतिपक्षमा रहेकाले संसदमा जनसरोकारका विषयलाई सशक्त रूपमा उठाउन नेता तथा कार्यकर्ता सुसूचित हुनुपर्ने बताएका छन्।
Originally published on abcnews.com.np.
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी प्रतिपक्षमा रहेकाले संसदमा जनसरोकारका विषयलाई सशक्त रूपमा उठाउन नेता तथा कार्यकर्ता सुसूचित हुनुपर्ने बताएका छन्।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित ‘सुवर्ण शम्शेर इकोनोमिक सिरिज’मा बोल्दै सभापति थापाले संसदीय जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न तथा नीतिगत विषयमा स्पष्ट हुन यस्ता छलफल महत्वपूर्ण हुने बताए।
पार्टीका नेताहरू बौद्धिक तथा समसामयिक विषयमा जानकार हुनुपर्नेमा जोड दिँदै उनले नयाँ विषयवस्तुबारे निरन्तर जानकारी राख्न आवश्यक रहेको बताए। यस्ता कार्यक्रमले नेता–कार्यकर्ताको जिज्ञासा र रुचिसमेत बढाउने उनको भनाइ थियो।
‘हामी अहिले प्रतिपक्षको जिम्मेवारीमा छौँ र संसदमा हाम्रा केही निश्चित उत्तरदायित्वहरू छन्। ती जिम्मेवारीलाई कसरी कुशलतापूर्वक निर्वाह गर्ने भन्ने विषयमा गम्भीर छलफल आवश्यक छ,’ थापाले भने।
उनले कार्यक्रमबाट सहभागीहरूले विभिन्न विषयमा थप जानकारी हासिल गर्ने र आगामी दिनमा व्यापक दृष्टिकोण बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा उठेका विषय तथा प्राप्त सुझावलाई संसदमा प्रभावकारी रूपमा प्रस्तुत गरिने पनि सभापति थापाले बताए।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्