ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनुस्मृतिबारे राहुलको अभिव्यक्तिले भारतमा राजनीतिक विवाद चर्कियो


ABC NEWS
७ भदौ २०८३, आइतबार   ६ : १५   बजे

नयाँदिल्ली । भारतीय कांग्रेसका नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले मनुस्मृति र भारतीय समाजमा जातीय विभेदसँग जोडेर दिएको अभिव्यक्तिलाई लिएर भारतमा राजनीतिक विवाद चर्किएको छ।

हालै पुणेमा आयोजित विद्यार्थी तथा नवयुवासँगको कार्यक्रममा गान्धीले समाजमा महिलामाथिको हिंसा स्वीकार्य हुन नसक्ने बताउँदै भारतीय जनता पार्टी (भाजपा) ले संविधान नभई मनुस्मृतिको विचार बोकेको आरोप लगाएका थिए।

उनले मनुस्मृति प्राचीन ग्रन्थ भएकाले त्यसमा उल्लेखित धेरै विषय आजको समाजमा महिला तथा दलितका लागि स्वीकार्य नहुने धारणा राखेका थिए।

केही छात्राले आन्दोलनका क्रममा गाली गरेको विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘केटीहरूलाई गाली दिन सुहाउँदैन’ भन्ने आशयको अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै गान्धीले यस्तो सोचलाई ‘मनुवादी चिन्तन’ को संज्ञा दिएका थिए। केटाले गाली गर्दा हुने तर केटीले गाली गर्दा नहुने धारणा भाजपा र मोदीको सोचमा रहेको उनको टिप्पणी थियो।

भाजपाको आपत्ति

राहुलको अभिव्यक्तिप्रति सत्तारुढ भाजपाका नेताहरूले तीव्र आपत्ति जनाएका छन्। उनीहरूले राहुलको टिप्पणीलाई ‘शर्मनाक’ भन्दै हिन्दू धर्मसँग सम्बन्धित प्राचीन ग्रन्थ तथा भारतीय परम्पराप्रति अपमानजनक धारणा प्रस्तुत गरेको आरोप लगाएका छन्।

भाजपा नेताहरूले राहुलले राजनीतिक विरोधका क्रममा हिन्दू धर्म र परम्परालाई निशाना बनाएको दाबी गरेका छन्। यस्तो अभिव्यक्ति कांग्रेस नेताबाट आउनु दुर्भाग्यपूर्ण भएको उनीहरूको भनाइ छ।

संविधान र सामाजिक समानताको बहस

राहुल गान्धीले भने आफ्नो अभिव्यक्तिलाई धार्मिक आस्थाको अपमानभन्दा सामाजिक समानता र संवैधानिक अधिकारसँग जोडिएको बहसका रूपमा प्रस्तुत गरेका छन्।

भारतको संविधानले सबै नागरिकलाई समान अधिकार दिएको उल्लेख गर्दै उनले जात, धर्म, लिंग वा सामाजिक पृष्ठभूमिका आधारमा हुने विभेद स्वीकार गर्न नसकिने धारणा राख्दै आएका छन्।

भारतीय समाजमा लामो समयदेखि कायम सामाजिक असमानताको बहस गर्दा मनुस्मृतिको ऐतिहासिक प्रभावबारे प्रश्न उठाउनुपर्ने उनको तर्क छ।

मनुस्मृतिमाथिको पुरानो बहस फेरि केन्द्रमा

भारतमा मनुस्मृतिलाई लिएर राजनीतिक तथा सामाजिक विवाद नयाँ होइन। जातीय व्यवस्था, सामाजिक विभेद र दलित अधिकारको बहसमा यसको उल्लेख हुँदै आएको छ।

विशेषगरी संविधान निर्माता डा. भीमराव अम्बेडकरले मनुस्मृतिमा आधारित सामाजिक व्यवस्थाको आलोचना गरेका थिए। त्यसैले भारतीय संविधान, सामाजिक न्याय र जातीय समानतासम्बन्धी बहसमा मनुस्मृति अझै संवेदनशील विषयका रूपमा रहँदै आएको छ।

राहुल गान्धीको पछिल्लो अभिव्यक्तिले यही पुरानो बहसलाई पुनः भारतीय राजनीतिक वृत्तको केन्द्रमा ल्याएको छ। भाजपाले उनको टिप्पणीलाई धार्मिक भावनामाथिको प्रहारका रूपमा व्याख्या गरेको छ भने कांग्रेस पक्षले त्यसलाई जातीय विभेद र लैंगिक असमानताविरुद्धको संवैधानिक तथा राजनीतिक बहसका रूपमा प्रस्तुत गरेको छ।

यस विवादसँगै भारतमा हिन्दू परम्परा, मनुस्मृति, जातीय व्यवस्था, सामाजिक न्याय र संविधानबीचको सम्बन्धबारे बहस थप तीव्र बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले नीति, विचार र कार्यशैली पुनर्गठन गर्नुपर्ने : उपाध्यक्ष गुरुङ

आज राति यी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

सम्बन्धित

आकाशमै वितण्डा : रक्सीको नशामा युवतीले विमानभित्र कपडा खोलेपछि हंगामा

क्यानडाको जवाफी ट्यारिफपछि ट्रम्प आक्रोशित, दुई देशबीच व्यापार तनाव चर्किँदै

ककरोच जनता पार्टीका संस्थापक दीपकेविरुद्ध जाहेरी दर्ता

जापानमा नेपाली युवती मृत फेला, हत्याको आशंकामा प्रहरी अनुसन्धान

ट्रम्पले होर्मुज जलमार्गलाई ‘अमेरिकी भूभाग’ घोषणा गरे

जापानमा ५.९ म्याग्निच्युडको भूकम्प, ३७ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu