ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आकाशमै वितण्डा : रक्सीको नशामा युवतीले विमानभित्र कपडा खोलेपछि हंगामा


ABC NEWS
७ भदौ २०८३, आइतबार   ५ : २५   बजे

सिड्नी । बेलायतबाट अस्ट्रेलियातर्फ उडिरहेको यात्रुवाहक विमानमा एक महिला यात्रुले मदिराको नशामा सार्वजनिक रूपमा कपडा खोलेर हंगामा गरेपछि उनीमाथि कानुनी कारबाही भएको छ।

वेस्ट योर्कशायरको ह्यालिफ्याक्स निवासी ३० वर्षीया सराह पार्करले बर्मिंघमबाट अस्ट्रेलियाको मेलबर्नतर्फ उडेको विमानभित्र अभद्र व्यवहार गरेको आरोप स्वीकार गरेकी छन्।

घटना गत जुलाई २४ मा भएको बताइएको छ। विमान उडेलगत्तै पाइलटको निर्देशनलाई बेवास्ता गर्दै पार्कर आफ्नो सिटबाट उठेकी थिइन्। त्यसपछि विमानको बीचको गल्लीमा उनले आफ्ना भित्री वस्त्र खोलेर अन्य यात्रुहरूलाई असहज हुने गरी व्यवहार गरेको अभियोगमा उल्लेख छ।

उनले विमानमा मदिरा सेवन गरेर मातेको अवस्थामा चालक दलको निर्देशन नमानेको आरोपसमेत स्वीकार गरेकी छन्।

म्यानचेस्टर मजिस्ट्रेट अदालतमा उपस्थित पार्करले सार्वजनिक शिष्टाचारविरुद्धको व्यवहार गरेकोमा दोष स्वीकार गरेकी हुन्।

अदालतको टिप्पणी

सुनुवाइका क्रममा जिल्ला न्यायाधीश साइमन ब्लेकब्रोले यात्रुहरूले खचाखच भरिएको विमानमा यस प्रकारको व्यवहार गम्भीर प्रकृतिको भएको टिप्पणी गरेका छन्।

विमानभित्र भएको उक्त घटनाका कारण यात्रु तथा चालक दलका सदस्यहरूबीच केही समय असहज अवस्था सिर्जना भएको बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विद्यालय शिक्षा विधेयक निर्माण सरकारको पहिलो प्राथमिकता : शिक्षामन्त्री पोखरेल

पर्यटन प्रवर्द्धनमा नाट्टा र टिवानबीच सहकार्य हुने

सम्बन्धित

मनुस्मृतिबारे राहुलको अभिव्यक्तिले भारतमा राजनीतिक विवाद चर्कियो

क्यानडाको जवाफी ट्यारिफपछि ट्रम्प आक्रोशित, दुई देशबीच व्यापार तनाव चर्किँदै

ककरोच जनता पार्टीका संस्थापक दीपकेविरुद्ध जाहेरी दर्ता

जापानमा नेपाली युवती मृत फेला, हत्याको आशंकामा प्रहरी अनुसन्धान

ट्रम्पले होर्मुज जलमार्गलाई ‘अमेरिकी भूभाग’ घोषणा गरे

जापानमा ५.९ म्याग्निच्युडको भूकम्प, ३७ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu