ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ककरोच जनता पार्टीका संस्थापक दीपकेविरुद्ध जाहेरी दर्ता


ABC NEWS
७ भदौ २०८३, आइतबार   ३ : २५   बजे

काठमाडौं । भारतको महाराष्ट्रस्थित लातुर जिल्लाको जावलीमा रहेको जिल्ला परिषद् उर्दू विद्यालयमा अनुमतिबिना प्रवेश गरी सरकारी काममा बाधा पुर्‍याएको र शिक्षकहरूलाई धम्क्याएको आरोपमा ककरोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपकेसहित उनका साथीहरूविरुद्ध प्रहरीले जाहेरी दर्ता गरेको छ ।

विद्यालयकी शिक्षिका सय्यद शमशादबानो खैरातालीको उजुरीका आधारमा औसा प्रहरी स्टेसनमा मुद्दा दर्ता गरिएको हो ।

सीजेपीले भारतभर ‘फिक्स द स्कुल’ अभियान सञ्चालन गर्दै आएको छ । अभियानअन्तर्गत नागरिकलाई सरकारी विद्यालयको निरीक्षण गरी त्यहाँका कमी–कमजोरीको दस्तावेज तयार पार्न र आधारभूत सुविधा सुधारका लागि स्थानीय अधिकारीमाथि दबाब दिन आग्रह गरिएको छ ।

प्रहरीका अनुसार दीपके अनुमतिबिना विद्यालय परिसरमा प्रवेश गरी विद्यार्थीहरूसँग सोधपुछ गरेका थिए । त्यसक्रममा विद्यालयको पठनपाठन तथा सरकारी कामकाज प्रभावित भएको आरोप छ ।

दीपकेले शिक्षकहरूलाई निलम्बन गराइदिने धम्की दिएको तथा भ्रमणका क्रममा अर्कै विद्यालयका विद्यार्थीलाई ल्याएर राखेको आरोपसमेत उजुरीमा उल्लेख गरिएको छ ।

मुम्बईबाट पाँच सय किलोमिटरभन्दा बढी दूरीमा रहेको जावलीस्थित विद्यालयमा भएको घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बडिमालिका भगवतीको परम्परागत पेटारो बडिमालिकातर्फ प्रस्थान

हराएकी दुई वर्षीया बालिका सकुशल फेला

सम्बन्धित

जापानमा नेपाली युवती मृत फेला, हत्याको आशंकामा प्रहरी अनुसन्धान

ट्रम्पले होर्मुज जलमार्गलाई ‘अमेरिकी भूभाग’ घोषणा गरे

जापानमा ५.९ म्याग्निच्युडको भूकम्प, ३७ जना घाइते

रुस-युक्रेन युद्धमा दुई दिनमा २६ जनाको मृत्यु

इजरायललाई हतियार सहयोग जारी राखेको भन्दै बेलायत र फ्रान्सको आलोचना

अमेरिका–क्यानडा व्यापार विवाद चर्कियो, क्यानडाले पनि जवाफी ट्यारिफ लगाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu