ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन प्रवर्द्धनमा नाट्टा र टिवानबीच सहकार्य हुने


ABC NEWS
७ भदौ २०८३, आइतबार   ६ : १५   बजे

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन तथा पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान) बीच सहकार्य हुने भएको छ।

टिवानले आयोजना गरेको नाट्टाको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा नाट्टाका नवनिर्वाचित अध्यक्ष भरतजङ्ग पाण्डेले पर्यटन क्षेत्रको विकास र साझा समस्या समाधानका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

टिवान नाट्टाको अभिन्न अङ्ग भएकाले दुवै संस्थाका समस्या साझा रहेको उनले बताए।

‘टिवान छुट्टै संस्था नभई हाम्रो आफ्नै परिवार हो। पर्यटन क्षेत्रका हरेक एजेन्डामा हामी एक भएर अगाडि बढ्नेछौँ,’ पाण्डेले भने।

टिवानका संस्थापक अध्यक्ष श्रीकान्त आचार्यले पर्यटक बस तथा समग्र पर्यटन उद्योगमा विभिन्न समस्या रहेको भन्दै ती समस्या समाधानका लागि वर्तमान कार्यसमितिले पहल गर्ने विश्वास व्यक्त गरे।

पर्यटक बसपार्कको समस्या समाधानमा सहकार्य

नाट्टाका महासचिव राजकुमार देवकोटाले पर्यटक बसपार्कको समस्या टिवानको मात्र नभई समग्र पर्यटन क्षेत्रकै समस्या भएको बताए। यसको समाधानका लागि नाट्टा प्रतिबद्ध भएर अघि बढ्ने उनको भनाइ थियो।

टिवानका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले पर्यटक बसपार्क नहुँदा व्यवसायीले ठूलो समस्या भोग्नुपरेको बताए। बसपार्कको समस्या समाधानका लागि नाट्टासँग सहकार्य गर्ने उनले प्रतिबद्धता जनाए।

पर्यटक बस व्यवसायीको हकहित तथा अधिकार संरक्षणका लागि स्थापना भएको टिवानले हाल अस्थायी बसपार्कका रूपमा सोह्रखुट्टे सडक प्रयोग गर्दै आएको छ।

दैनिक १०० पर्यटकीय बस सञ्चालन

टिवानका महासचिव प्रकाशचन्द्र अधिकारीका अनुसार संस्थाअन्तर्गत हाल दैनिक करिब १०० पर्यटकीय बस सञ्चालन भइरहेका छन्।

ती बसमार्फत पोखरा, चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायत प्रमुख पर्यटकीय गन्तव्यमा सेवा प्रदान हुँदै आएको उनले जानकारी दिए।

कार्यक्रममा नाट्टा र टिवानका पदाधिकारीले पर्यटन क्षेत्रको विकास, व्यवसायीका समस्या समाधान तथा पर्यटन प्रवर्द्धनका लागि आपसी सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रविको निर्देशन– पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्ने काम बन्द गर्नू

दुःखमा साथ दिने गाउँ : मृत्यु संस्कारमा जुट्छ सिंगो समुदाय

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सप्तरीमा सौतासँगको झगडामा २ वर्षीया बालिकाको हत्या

तीन वर्षीया गरिमा चौधरीको हत्या : छोरीहरू कहिलेसम्म असुरक्षित?

रविको निर्देशन– पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्ने काम बन्द गर्नू

China’s Teenagers Embrace AI Through Growing Study-Tour Boom

China’s Robotics Industry Booms as Innovation Takes Center Stage

China Issues Flood Alerts for Southern Provinces as Typhoon Narra Approaches

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu